चीनको सेनाले भारतभित्र छिरेर भारतीय युवालाई अपहरण गरेर लग्यो
काठमाडौं। चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए) ले भारतको अरुणाचल प्रदेशमा प्रवेश गरेर एक भारतीय युवालाई अपहरण गरेर लगेको आरोप लागेको छ । अरुणाचल प्रदेशका भारतीय जनता पार्टीका सांसद तापिर गाओले बुधबार एक ट्वीट गर्दै यो आरोप लगाएका थिए । उनले अपहरित युवकको तस्वीरसहित ट्वीट गरेर चीनको सेनाले भारतमा प्रवेश गरेर भारतीय युवालाई अपहरण गरेर लगेको बताएका थिए ।
1/2
Chinese #PLA has abducted Sh Miram Taron, 17 years of Zido vill. yesterday 18th Jan 2022 from inside Indian territory, Lungta Jor area (China built 3-4 kms road inside India in 2018) under Siyungla area (Bishing village) of Upper Siang dist, Arunachal Pradesh. pic.twitter.com/ecKzGfgjB7— Tapir Gao (@TapirGao) January 19, 2022
उनले ट्वीटमा लेखेका थिए ‘अरुणाचल प्रदेशको माथिल्लो सियांग जिल्लाको लुंगटा जोर क्षेत्रको जिडो गाउँबाट पीएलएले मिराम तारोन नामका १७ वर्षका युवकलाई अपहरण गरेको छ । यो त्यो क्षेत्र हो जहाँ २०१८ मा पनि चीनले भारतभित्र ३–४ किलोमिटर सडक बनाएको थियो ।’
गणतंत्र दिवस से कुछ दिन पहले भारत के एक भाग्य विधाता का चीन ने अपहरण किया है- हम मीराम तारौन के परिवार के साथ हैं और उम्मीद नहीं छोड़ेंगे, हार नहीं मानेंगे।
PM की बुज़दिल चुप्पी ही उनका बयान है- उन्हें फ़र्क़ नहीं पड़ता!
— Rahul Gandhi (@RahulGandhi) January 20, 2022
यो घटनालाई लिएर कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई निशाना बनाएका छन् । राहुलले लेखेका छन् ‘गणतन्त्र दिवसभन्दा केही दिन पहिले भारतका एक भाग्य विधातालाई चीनले अपहरण गरेको छ । हामी मिराम तारोनको परिवारको साथमा छौं र आशा छोड्ने छैनौं, हार मान्ने छैनौं । प्रधानमन्त्रीको डरपोक मौनता नै उनको बयान हो – उनलाई फरक पर्दैन ।’
“We’ve come to know that 17-year-old Miram Taron has been abducted by China’s PLA from Arunachal Pradesh’s Zido area, Upper Siang district, Lungta Jor area…It’s unfortunate that Chinese are intruding (into Indian territory),” claims Ninong Ering, Congress MLA pic.twitter.com/UzAL7dwGHC
— ANI (@ANI) January 20, 2022
यही बीच अरुणाचल प्रदेशका कांग्रेस सांसद निनोंग एरिंगको हवाला दिँदै समाचार एजेन्सी एएनआइले लेखेको छ ‘हामीले थाहा पाएका छौं कि अरुणाचल प्रदेशको जिदो क्षेत्र, माथिल्लो सियांग जिल्ला लुंगटा जोर क्षेत्रमा आएर चीनको पीएलएले १७ वर्षका मिराम तारोनको अपहरण गरे । यो दुर्भाग्यपूर्ण हो कि अरुणाचल प्रदेशमा अझै पनि चिनियाँहरुले घुसपैठ गरिरहेका छन् ।’







डिसी नेपाल







Facebook Comment