श्रीमानलाई दोस्रो बिहे गर्नबाट रोक्न खोज्दा श्रीमती आफैं जेलमा
काठमाडौं। आफ्ना श्रीमानलाई दोस्रो बिहे गर्नबाट रोक्न खोज्दा एक श्रीमती आफै. जेल पुगेकी छिन् । संयुक्त अरब इमिरेट्समा बस्ने यी एसियाली महिलाले आफ्ना श्रीमानले अर्की एक महिलासँग बिहे गर्न लागेको थाहा पाएकी थिइन् । त्यसपछि यी महिलाले आफ्ना श्रीमानको औंला नै भाँचिदिइन् ।
यी दुई जनाबीच दोस्रो बिहेको विषयमा विवाद भएको थियो । त्यसपछि २५ वर्षकी यी महिलालाई उनका पतिले थप्पड हाने । यही रिसमा महिलाले पनि २४ वर्षका पतिको औंला समातेर जोडले बटारेर औंला नै भाँचिदिइन् । युएइको खलीज टाइम्सको रिपोर्ट अनुसार जाँचमा उनीहरुबीच पहिलेदेखि नै विवाद भएको र पछि कुटपिटको अवस्था आएको खुलासा भयो । महिलाका पतिले उनलाई थप्पड हान्दा उनीमा २ प्रतिशत बहिरोपन आएको थियो ।
महिलाले अधिकारीहरुलाई बताएअनुसार उनका पति अर्की महिलासँग बिहे गर्न चाहन्थे । पतिले पनि पुलिससँग आफ्नी पत्नी अर्को बिहेको विरुद्ध थिइन् र उनले आफूलाई कुटेको र अपमानित गरेको बताए । उनका अनुसार उनकी पत्नीले उनको दाहिने हातको औंला समातेर पछाडि तानिदिइन् जसका कारण औंला भाँचियो । युएइको क्रिमिनल कोर्टले महिलालाई ६ महिनाको जेल सजाय सुनाएको छ । सजाय पूरा गरेपछि महिलाले युएइ बस्ने अनुमति पनि पाउने छैनन् ।







डिसी नेपाल







Facebook Comment