चीनले बेलायतलाई चेतावनी किन दियो ?
काठमाडौं। चीनले आइतबार बेलायतलाई चेतावनी दिँदै ‘कोल्ड वार प्ले बुक’को पालना नगर्न भनेको छ किनकि अगाडि गएर गसको कुनै परिणाम निस्किनेवाला छैन । खासमा यसअघि बेलायतका शीर्ष अधिकारीहरुले र रक्षा मन्त्रालयका जानकारहरुले आफ्ना अस्ट्रेलियाली समकक्षीसँग छलफल गरेका थिए र अकुस सम्झौतालाई अगाडि बढाउने कुरामा जोड दिएका थिए । उनीहरुले रुस–चीनको मुकाबिला गर्नको लागि एक वैचारिक गुट संयोजनको पनि कुरा गरेका थिए ।
बेलायतको यो कदमपछि चीनले प्रतिक्रिया दिँदै चेतावनी दिएको हो । अकुस एक ऐतिहासिक सुरक्षा सम्झौता हो जसमा अमेरिका, बेलायत र अस्ट्रेलिया सहभागी छन् । यो सम्झौताको पछाडि अमेरिकाको उद्देश्य चीनको यस क्षेत्रमा बढ्दो दबदबालाई कम गर्नु भएको बताइएको छ ।
चीनले अकुसको गठनपछि यसको निन्दा गरेको थियो र यो निकै गैरजिम्मेवारीपूर्ण र संकीर्ण सोच सहितको भएको बताएको थियो । चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजनले यो गठबन्धनले क्षेत्रीले शान्तिलाई गम्भीर रुले नोक्सानी गर्ने र हतियारको दौडलाई बढाउने बताएका थिए ।
ग्लोबल टाइम्सको रिपोर्टअनुसार बेलायत कैयौं मामिलामा चीनसँग गतिरोधको स्थितिमा छ र एक किसिमले ऊ अमेरिकी रणनीतिको पालना गरिरहेको देखिएको छ । ग्लोबल टाइम्सले भनेको छ ‘बेलायतको यो कदमले बोरिस जोनसनको प्रशासन स्थानीय मुद्दाबाट जनताको ध्यान भट्काउने कोसिस गरिरहेको मात्र होइन बेलायती विदेश मन्त्री लिज ट्रासको महत्वाकांक्षालाई पनि दर्शाउँछ ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment