इन्स्टाग्राममार्फत ड्रग्स बाँड्ने मोडल पक्राउ

डिसी नेपाल
१० माघ २०७८ १४:५१
104
Shares

काठमाडौं। इन्स्टाग्राममा निकै चर्चित रहेकी एक मोडल आफ्ना ब्वायफ्रेण्डको साथमा मेक्सिकोबाट पक्राउ परेकी छिन् । इभोन मासेडो नामकी यी मोडललाई नार्को इन्फ्लुएन्सर पनि भनिन्छ । खासमा इभोनका ब्वायफ्रेण्ड फर्नान्डो एन्टोनियो लिन्स भेलाज्क्वेज मेक्सिकोका ठूला ड्रग्स कारोबारी हुन् । इभोनलाई यसअघि पनि पुलिसले पक्राउ गरेको थियो । त्यतिबेला पुलिसले खिचेको उनको ग्ल्यामरस फोटो पूरै देशमा चर्चाको विषय बनेको थियो ।

इभोनको साथबाट ठूलो परिमाणमा ड्रग्स बरामद भएको छ । इभोन त्यतिबेला चर्चामा आएकी थिइन् जतिबेला उनले इन्स्टाग्राममा आफ्ना कैयौं ग्ल्यामरण फोटोहरु शेयर गरेकी थियन् । उनले ड्रग्स कारोबारीले लुटेका सामानको साथमा पनि आफ्ना हट फोटोहरु शेयर गर्थिन् । ३२ वर्षकी इभोनका ब्वायफ्रेण्डलाई एल चाटोको नामले पनि चिनिन्छ । एल चाटो अहिले मेक्सिको सिटीमा युनियन टेपिटो क्रिमिनल कार्टनका प्रमुख हुन् ।

यो ग्याङ देशमा कैयौं हत्यामा संलग्न रहेको पुलिसले बताएको छ । इभोनले नाइट क्लव र बारमा ड्रग्स बाँडिरहेका बेला पुलिस अपरेशनमा उनलाई पक्राउ गरिएको हो । उनीहरुसँग १०६ ब्याग गाँजा र ४२ प्याकेट कोकिन बरामद भएको छ । उनीहरुको साथबाट एक कार र ठूलो परिमाणमा नगद पनि भेटिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *