किसानलाई कार बिक्रेताले भने ‘गोजीमा १० रुपियाँ छैन होला’, उनले १० लाख निकालेर फ्याँकिदिए
काठमाडौं। एक जना किसान आफ्ना साथीहरुसँग कारको शोरुममा पुगे । उनी आफ्नो लागि सपनाको कार किन्न गएका थिए । तर, उनको कपडा देखेर कार शोरुमका सेल्सम्यानले उनलाई अपमानित गरेर भगाए । यसले ती किसानको आत्मसम्मानमा चोट पुग्यो । त्यसपछि ती किसानले जे गरे त्यो देखेर कार शोरुमका सेल्सम्यान अक्क न बक्क परे ।
टाइम्स अफ इण्डियाको रिपोर्टका अनुसार यो घटना भारतको कर्नाटक राज्यको तुमकुर जिल्लास्थित चिक्कासान्द्रा होबलीमा किसार केम्पेगौडा आरएलसँग भएको हो । उनी आफ्ना साथीहरुसँग महिन्द्राको शोरुममा एसयुभी कार किन्न गएका थिए । केम्पेगौडा पेशाले सुपारी उत्पादक किसान हुन् । जब उनले शोरुममा गएर सेल्सम्यानसँग गाडीको मूल्यबारे सोधपुछ गरे त्यसपछि उनको कपडा देखेर एक सेल्सम्यानले उनको मजाक उडाए ।
केम्पेगौडाको अनुसार एक जना सेल्सम्यानले त उनीसँग उनको खल्तीमा १० लाख त के १० रुपियाँ समेत छैन होला भनिदिए । त्यसपछि सेल्सम्यानले उनीसँग ३० मिनेटभित्र १० लाख ल्याउन सके आजै गाडी डेलिभरी गरिदिन्छौं भने । आत्मसम्मानमा चोट लागेपछि केम्पेगौडा त्यहाँबाट निस्किए र केही मिनेटमै १० लाख लिएर गाडी लिन पुगे । यो देखेर त्यहाँ भएका मानिसहरु चकित परे ।
तर, विवाद त त्यतिबेला सुरु भयो जब सेल्स टिमले केम्पेगौडालाई गाडीको डेलिभरीको लागि २–३ दिन समय लाग्ने बताए । यो घटना शुक्रबार भएको हो । त्यो दिन कार डेलिभरी हुन सकेन । त्यसपछि सेल्स टिमले सरकारी विदाको हवाला दिँदै शनिबार र आइतबार पनि कार डेलिभरी हुन नसक्ने बताए । यसबाट केम्पेगौडा र उनका साथीहरु रिसाए । उनीहरुले पुलिस बोलाए र गाडी नलिइ शोरुम नछोड्ने बताए । पछि पुलिसले सम्झाएपछि र सेल्सम्यानले माफी मागेपछि केम्पेगौडा पछि गाडी लिनको लागि राजी भएका थिए ।







डिसी नेपाल







Facebook Comment