१० पटक सुतेका वीर्यदाताले झुटो बोलेको खुलेपछि महिलाले बच्चा त्यागेर ३५ करोड मागिन्
काठमाडौं। एक जना वीर्यदातासँग १० पटकसम्म सुतेर गर्भधारण गरेकी एक महिलाले तीस् वीर्यदाताले झुटो बोलेको आरोप लगाउँदै त्यो गर्भबाट जन्मिएको बच्चा त्यागेकी छिन् । उनले ती वीर्यदातासँग ३३० मिलियन जापानी येन (करिब ३५ करोड रुपैयाँ) क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा हालिदिएकी छिन् । महिलाको उमेर ३० वर्ष भएको बताइएको छ ।
जापानमा आइभीएफ क्लिनिकको कमी छ त्यसैले महिलाहरु आफैंले वीर्यदाता खोज्छन् । यी महिलाले पनि त्यसै गरेकी थिइन् । तर, अब बच्चा जन्मिइसकेपछि यी महिलाले आफूसँग धोका भएको र आफूलाई भावनात्मक रुपमा पनि नोक्सानी भएको दावी गरेकी छिन् । यसरी बच्चा जन्माएर छोडेका कारण महिलाको आलोचना भइरहेको छ ।
भाइसका अनुसार वीर्यदाताको कथित झुटको खुलासापछि महिलाले बच्चा एक सरकारी केन्द्रमा दिएकी छिन् । त्यहाँबाट त्यो बच्चा अरु कुनै अभिभावकत्व लिन चाहने दम्पतीलाई दिने प्रक्रिया सुरु गरिएको छ । महिलाले आफ्ना वीर्यदाताले आफ्नो राष्ट्रियता र शिक्षाको बारेमा झुट बोलेको आरोप लगाएकी छिन् । महिलाले ती वीर्यदाताले आफूसँग शारीरिक सम्बनध राख्नका लागि यसरी झुट बोलेको आरोप लगाएकी छिन् ।
रिपोर्टका अनुसार महिला विवाहित हुन् र जापानको टोक्योमा बस्छिन् । उनका अनुसार वीर्य दाताले आफू जापानी नागरिक भएको र क्योटो युनिभर्सिटीबाट ग्रयाजुएसन गरेको भनेका थिए । तर, पछि ती व्यक्ति जापानी नभइ चिनियाँ भएको र क्योटो नभइ अर्कै विश्वविद्यालयमा पढेको र सिंगलको सट्टा विवाहित भएको थाहा पाएपछि आफूले धोका पाएको थाहा भएको महिलाले बताएकी छिन् । यो खुलासापछि उनले क्षतिपूर्ति माग गर्दै अदालत गएकी हुन् ।
महिला पहिल्यै एक बच्चाकी आमा हुन् । २०१९ मा सामाजिक संजालमार्फत उनी यी वीर्यदाताको सम्पर्कमा आएकी थिइन् । महिलाका पति खास किसिमको स्वास्थ्य समस्याले ग्रसित भएका कारण उनले वीर्यदाताबाट बच्चा जन्माउने फैसला गरेकी थिइन् । गर्भवती भएपछि बच्चा जन्मिनु भन्दा पहिल्यै महिलाले वीर्यदाताको झुट थाहा पाएकी थिइन् तर त्यतिबेलासम्म गर्भपतन गर्न ढिलो भइसकेको थियो । जापानकी बाल कल्याण कार्यकर्ताले महिलाको यो हर्कतलाई ‘गम्भीरता नभएको’ भन्दै उनले बच्चालाई वस्तुजस्तो व्यवहार गरेको आरोप लगाएकी छिन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment