जागिरका लागि ३ हजार किलोमिटर टाढा गए, जागिर पनि पाए तर २ घण्टामै…

डिसी नेपाल
११ माघ २०७८ ११:२२
2.7k
Shares

काठमाडौं। एक जना व्यक्ति जागिरको लागि ३ हजार किलोमिटर टाढा गए । उनले त्यहाँ जागिर पनि पाए तर जागिर पाएको २ घण्टामै उनी जागिरबाट निकालिएका छन् । जागिर पाउने भएपछि श्रीमती र छोराछोरीसहित त्यति टाढा गएका यी व्यक्तिको अहिले बिचल्ली भएको छ । अस्ट्रेलियाका ५१ वर्षका हामिस ग्रिफिन जागिर पाएपछि परिवारसहित ३ हजार किलोमिटर तस्मानिया पुगेका थिए ।

तस्मानिया पुगेर उनले काम पनि पाए तर काम पाएको २ घण्टामै उनलाई जागिरबाट निकालियो । उनका रोजगारदाताले उनलाई जागिरबाट निकाल्ने निकै विचित्रको कारण बताए । सामाजिक संजालमा एक पोस्ट गर्दै ग्रिफिनले बताएअनुसार अनलाइन भिडियो अन्तरवार्तापछि उनी पार्क प्रबनधकको जागिरका लागि क्विन्सल्याण्डबाट तस्मानिया पुगेका थिए । त्यहाँ उनले बिग फोस होलिडे पार्कमा जागिर सुरु गरेका थिर्ए । तर केवल २ घण्टामै उनलाई मोटो भएको भन्दै जागिरबाट निकालियो ।

एबीसी न्यूज अस्ट्रेलियामा प्रकाशित एक रिपोर्टअनुसार ग्रिफिनलाई जागिरको क्रममा एउटा सोफा सार्न भनिएको थियो । यसमा उनलाई केही कठिनाइ भयो । त्यसपछि उनी शारीरिक रुपमा फिट नभएको तय गरियो र उनलाई जागिरबाट निकालियो । रोजगारदाताले उनलाई मोटोपनाको कारण चउरको घाँस काट्ने र सिढी चढ्ने जस्ता काम गर्न नसक्न्े ठहर गरेका थिए । ग्रिफिनमाथि रोजगारदातासँग आफ्नो मेडिकल कण्डिशन लुकाएको आरोप लगाइयो । ग्रिफिनले भने आफूसँग यो कामको ८ वर्षको अनुभव भएको र आफूले काम ठिकसँग गर्न सक्ने बताएका छन् ।

ग्रिफिनका अनुसार उनले यो नयाँ जागिरको लागि निकै संघर्ष गरेका थिए । उनी आफ्ना धेरै सामान बेचेपछि तस्मानिया आएका थिए । तर जागिर गएपछि अब उनीसँग घर पनि छैन र काम पनि छैन । यद्यपि उनले हार मानेका छैनन् । उनले यस विषयमा कानुनी सहयोग लिएका छन् । उनका वकिलका अनुसार कुनै प्रमाण बिना कसैलाई मेडिकल कारण देखाएर बर्खास्त गर्नु भेदभावको केस बन्न सक्छ । ग्रिफिनले पछिल्लो ८ वर्षमा आफ्नो ९० किलो तौल घटाएका थिए । यसका लागि उनले सर्जरी, आहार, व्यायाम आदिको सहारा लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *