महंगीसम्बन्धी प्रश्न सोध्दा अमेरिकी राष्ट्रपति जंगिए, पत्रकारलाई अश्लील गाली गरे (भिडियो)
काठमाडौं। अमेरिकी राष्टपति जो बाइडेनको एउटा भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा उनी कथित रुपमा फक्स न्यूजका पत्रकारको लागि अभद्र भाषाको प्रयोग गरिरहेका सुनिन्छन् । पत्रकार पिटर डूसीले अमेरिकी राष्ट्रपतिसँग मुद्रास्फीतिका विषयमा प्रश्न गरेका थिए । यो प्रश्नको जवाफ दिएपछि बाइडेनले पत्रकारलाई बेवकुफ र ‘सन अफ बि*’ भनेका छन् ।
जानकारीका अनुसार यस क्रममा बाइडेन आफ्ना सल्लाहकारहरुसँग अर्थव्यवस्थाका विषयमा कुरा गरिरहेका थिए । रिपोर्टर पिटर डूसीले बाइडेनसँग सोधे कि के तपाइँ मुद्रास्फीतिसँग सम्बन्धित प्रश्नको जवाफ दिनुहुन्छ ? के तपाइँलाई लाग्छ कि मुद्रास्फीति मध्यावधि चुनाव पछि राजनीतिक जिम्मेवारी हुनेछ ?
Democrats: Donald Trump’s attacks on the press are an attack on the First Amendment.
Joe Biden to Peter Doocy: “What a stupid son of a b*tch.”
Democrats: *silence* pic.twitter.com/csPv2yjNPb
— Lauren Boebert (@laurenboebert) January 24, 2022
जवाफमा व्यङग्य गर्दै बाइडेनले भने ‘होइन यो त ठूलो सम्पत्ति हो ।’ त्यसपछि उनले अभद्र भाषाको प्रयोग गर्छन् । अमेरिकामा डिसेम्बर महिनामा महंगी निकै बढेको थियो । पछिल्लो ४ दशकमा वार्षिक रुपमा यति धेरै महंगी बढेको थिएन । भिडियो भाइरस भएपछि यस विषयमा पत्रकार पिटर डूसीले पनि प्रतिक्रिया दिएका छन् । उनका अनुसार घटनाको केही घण्टापछि उनलाई बाइडेनको फोन आएको थियो र बाइडेनले उनलाई यस विषयमा व्यक्तिगत रुपमा नराम्रो नमान्न आग्रह गरेका थिए ।







डिसी नेपाल







Facebook Comment