रुसले युक्रेनमा अतिक्रमण गरे पुटिनमाथि प्रतिबन्धः जोन बाइडेन

डिसी नेपाल
१२ माघ २०७८ ७:०३
356
Shares

न्युयोर्क। अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसले युक्रेनमा अतिक्रमण गरे आफूले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने विषयमा सोचिरहेको बताएका छन् । रसियाले युक्रेनमा कुनै कदम चालेमा संसारका लागि ठूलो परिणाम हुने पनि बाइडेनले बताएका छन्।

रसियाले युक्रेनमा अतिक्रमण गरे मस्कोले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै पश्चिमेली देशहरुले चेतावनी दिइरहेका बेला बाइडेनको भनाइ सार्वजनिक भएको हो।

उता युक्रेन मामिलालाई लिएर अमेरिका र उसका साझेदारहरुले तनाब बढाएको रसियाले आरोप लगाएको छ। त्यस्तै, युक्रेनामथि अतिक्रमण गर्ने आफ्नो कुनै नीति नभएको पनि रसियाको भनाई छ । तर, यक्रेनसँगको सीमामा मस्कोले क्याम्पहरु खडा गरेर झन्डै एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ।

अमेरिकाले पुटिनलाई व्यक्नितग रुपमा प्रतिबन्ध लगाउछ भन्ने सञ्चारकर्मीको जिज्ञासामा बाइडेनले भने, ‘ हो, यसबारे मैलै सोचिरहेको छ।’

युक्रेनको सीमामा रुसी कदमको अर्थ विश्वव्यापी रुपमा डरलाग्दो परिणाम हुने बाइडेनको भनाई थियो । पूर्वी युरोपमा नेटो फौजको उपस्थिति तीव्र पार्न आफू बाध्य हुने पनि बाइडेनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *