मध्य एसियाका कैयौं देशमा एकैपटक लाइन गएर घण्टौ विद्युत अवरुद्ध हुँदा लाखौं प्रभावित
काठमाडौं। मध्य एसियाका कैयौं देशका केही शहरहरुमा मंगलबार घण्टौंसम्म लाइन गयो । लाखौं मानिसहरु घण्टौंसम्म विद्युत बिना रहनु पर्यो । किर्गिजिस्तान, उज्वेकिस्तान र कजाखास्तानका कैयौं क्षेत्रमा घण्टौंसम्म विद्युत अवरुद्ध रह्यो । खासमा एउटा साझा पावर लाइन काटिएपछि मानिसहरुले यो समस्याको सामना गर्नु परेको थियो ।
घण्टौंसम्म लाइन नभएका कारण यी देशहरुमा लामो ट्राफिक जाम लाग्यो । हवाइ सेवा अवरुद्ध भए र सार्वजनिक परिवहन सेवामा पनि व्यापक असर पर्यो । यो अवरोध बिहान भएको थियो र बेलुकी मात्र विद्युत आपूर्ति सुचारु हुन सकेको थियो ।
यी तीन देशका पावर ग्रिड आपसमा जोडिएका छन् र सोभियत संघले बनाएका पावर लाइनको माध्यमबाट रुसको नेटवर्कसँग जोडिएका छन् । यो पावर ग्रिड कजाखस्तानको माध्यमबाट संचालित हुन्छ । यदि पावर सप्लाइमा अप्रत्याशित रुपमा कमी भए यो नेटवर्कले उनीहरुलाई रुसको ग्रिडबाट विद्युत लिन अनुमति दिन्छ ।
ग्रिड अपरेटर केइजीओसीका अनुसार यो अपतकालीन असन्तुलनको स्थिति थियो र पावर काटिएको थियो । कजाखस्तानका ठूला सहर अल्माटी, किर्गिजिस्तान र उज्वेकिस्तानका कैयौं सहरमा विद्युत अवरुद्ध भएपछि मानिसहरुले धेरै समस्याको सामना गर्नु परेको थियो ।
रिपोर्टका अनुसार ब्ल्याकआउटबाट यी देशका कैयौं प्रान्तहरु प्रभावित रहे । मानिसहरुले पिउने पानी, हिटर, पेट्रोल पम्प र इन्टरनेट सेवाजस्ता दैनिक क्रियाकलापमा समस्या भोग्नुपर्यो । अस्पतालको काम जेनेरेटरको भरोसामा चलाइयो । कैयौं ठाउामा ट्रेनहरु सुरुभित्र फसिरहे ।







डिसी नेपाल







Facebook Comment