भारतको गणतन्त्र दिवस कार्यक्रम चलिरहेका बेला टाइम बम भेटियो
काठमाडौं। भारतको गणतन्त्र दिवसको कार्यक्रम भव्य रुपमा चलिरहेका बेला राष्ट्रिय राजमार्गको पुलमुनि टाइम बम भेटिएको छ । मध्य प्रदेशको रिवा जिल्लामा राष्ट्रिय राजमार्गको पुलमुनि टाइमर जडित बम भेटिएको हो । यो बमको साथमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नाममा एक पत्र पनि भेटिएको छ ।
भारतीय मिडियाका अनुसार बमलाई डिफ्युज गरिएको छ र यस विषयमा थप जाँच भइरहेको छ । राष्ट्रिय राजमार्कको सुरक्षा पनि बढाइएको छ । मध्य प्रदेशको रिवा जिल्ला अन्तर्गत मनंगवा थाना क्षेत्रमा त्यतिबेला हंगामा मच्चियो जब स्थानीय पुलिसलाई नेशनल हाइवेमा बनेको एक पुलमुनि बम जस्तो चीन राखिएको सूचना दिइयो । त्यसपछि पुलिस र बम निरोधक दस्ता घटनास्थल पुगे । त्यहाँ टइमरको साथमा बम थियो र बम पड्किने समय पनि सेट गरिएको थियो ।

बम निरोधक दस्ताले बम डिफ्युज गरेको छ । पुलमुनि बमको साथमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नाममा एउटा पत्र भेटिएको छ जसको जाँच भइरहेको छ । एडिशनल एसपी घटनास्थल पुगेका छन् । बम कसले जडान गर्यो र योगीको नाममा चिठिी किन लेख्यो भन्ने जाँच भइरहेको छ । रिवा मध्य प्रदेशको सीमाको अन्तिम जिल्ला हो । त्यसपछि उत्तर प्रदेशको सीमा सुरु हुन्छ जहाँबाट उत्तर प्रदेशको पहिलो शहर प्रयागराज पर्छ ।







डिसी नेपाल







Facebook Comment