७५ वर्षमा पहिलो पटक हुँदैछ खास घटना, पाकिस्तानबाट भारत आउँदैछ विशेष विमान
काठमाडौं। पाकिस्तानका यात्री ७५ वर्षमा पहिलो पटक पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको एक विशेष चार्टर्ड उडानबाट भारत आउँदैछन् । पाकिस्तान हिन्दू परिषदका संरक्षक तथा सत्ताधारी इमरान खानको पार्टीका हिन्दू सांसद डा. रमेश कुमार बंकवानीले २९ जनवरीमा भारत आउने पाकिस्तानी तीर्थयात्रीहरुको एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आफू भारत आउने बताएका छन् ।
पाकिस्तानी तीर्थयात्री ३ दिनको लागि भारत आउँदैछन् । यस क्रममा उनीहरुले दरगाह निजामुद्दीन औलिया दिल्ली, दरगाह ख्वाजा गरिब नवाज अजमेर शरीफ र मुगल शासनको महान स्मारक ताजमहल आगराको भ्रमण गर्नेछन् । डा. रमेश कुमारका अनुसार धार्मिक पर्यटनलाई बढावा दिनको लागि अर्को महिना २० फेब्रुअरीमा दिल्लीबाट पेशावरको लागि एयर इण्डियाको उडान जानेछ । यो उडानमा भारतीयहरु पाकिस्तान गएर रमहंस जी महाराजको समाधि र टेरी मन्दिर जाने अवसर पाउनेछन् ।
डा. बंकवानीले उक भारतीय मिडियासँग कुरा गर्दै भने ‘पाकिस्तानी तीर्थयात्रीहरुलाई भारतमा धार्मिक स्थलहरुको यात्राको लागि विशेष पीआइए उडानबाट लगिनेछ । भारतीय तीर्थयात्रीहरु एयर इण्डियाको उडानबाट पाकिस्तान जानेछन् ।’ डा. बंकवानीले दुई देशबीच उडानको श्रृंखला मासिक आधारमा सुरु गरिएको पुष्टि गरेका छन् । उनले धार्मिक पर्यटनलाई बढावा दिँदा दुई देशका नागरिक अझ नजिक हुन सक्ने अपेक्षा गरिएको बताए ।
उनका अनुसार पाकिस्तानी तीर्थयात्रीहरुको भारतको प्रस्तावित यात्रा गत वर्ष २४ नोभेम्बर र पछि नयाँ वर्षको पूर्व सनध्यामा धार्मिक पर्यटनको पहलको सम्बन्धमा हो । यो महिना भारत र खाड िदेशका हिन्दू तीर्थयात्री १ जनवरीमा दुबइबाट इमिरेट्स एयरलाइन्सको उडानबाट खैबर पख्तुनख्वामा परम हंसजी महाराजको समाधि, टेरी मन्दिरको दर्शन गर्नको लागि पेशावर पुगेका थिए ।
भारतीय अधिकारहिरुले भारतीय तीर्थयात्रीहरुmाई अन्तिम क्षणमा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको उडानमा यात्रा गर्न अनुमति दिइएको थिएन । त्यसपछि उनीहरुलाई बाघा सीमाको बाटो ल्याइएको थियो । एयर इण्डियाको उडानमा भारतीय यात्रीलाई सुविधा प्रदान गर्ने भारतको प्रस्तावलाई डा. रमेश कुमारले स्वीकार गरेका छन् । उनले १ मार्चमा भारतीय यात्रीको अर्को प्रतिनिधिमण्डल हिंगलाज माता मन्दिर बलुचिस्तान र अन्य ऐतिहासिक पवित्र स्थलको तीर्थ यात्राको लागि एयर इण्डियाको उडानमा कराचीमा ओर्लिने बताए ।







डिसी नेपाल







Facebook Comment