रकेट अन्तरिक्षमा अनियन्त्रित, चन्द्रमामा बिस्फोटको जोखिम बढ्यो

डिसी नेपाल
१३ माघ २०७८ ७:५५
1.2k
Shares

न्युयोर्क। अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट हुने अवस्थामा रहेको विवरणहरु सार्वजनिक भएका छन्।

स्पेसएक्सले पठाएको फाल्कन ९ बुस्टर सन् २०१५ मा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो। तर, आफ्नो मिसन पुरा गरेपछि पृथ्वीमा फर्किन पर्याप्त इन्धन नभएपछि सो क्षेप्यास्त्र अन्तरिक्षमै रहेको थियो।

फाल्कन ९चन्द्रमामा ठोकिने पहिलो अनियन्त्रित क्षेप्यास्त्र हुने अन्तरिक्ष यात्री जोनाथान म्याकडोवेलले बीबीसीलाई बताए । तर, यसको असर भने सानो हुने उनको भनाई छ।

स्पेस वेदर स्याटलाइटलाई पठाउने आफ्नो मिसन पुरा गरेपछि क्षेप्यास्त्रलाई सात वर्षअघि उच्च अक्षमा छोडिएको थियो । मस्कको अन्तरिक्ष अनुसन्धान कार्यक्रम स्पेसएक्सअन्तर्गत सो रकेट आफ्नो मिसनमा थियो । अन्तरिक्षमा मानिहरुको सम्भावित बसोबासबारे मस्को सो कम्पनीले अध्ययन गरिरहेको छ।

सन् २०१५ देखि सो क्षेप्यास्त्रलाई पृथ्वी, चन्द्रमा र सूर्यको विभिन्न गुरुत्वाकर्षण शक्तिले तानेकोले उसको मार्गलाई झनै अनियन्त्रित बनाएको अमेरिकास्थित हार्वड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका प्राध्यापकसमेत रहेका म्याकडोवेल बताउँछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *