आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्छः अमेरिका
काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने सम्भावना रहेको अमेरिकाले जनाएको छ ।
रूसले भने अहिले समस्या समाधानको आशा कम रहकेो छ । किनकी अमेरिकाले उसको मुख्य मागलाई अस्वीकार गरिरहेको छ ।
युक्रेनको सीमानामा रुसले करिब १ लाख सैनिक उतारेकोले यस्तो आशंका व्यक्त गरिएको जनाइएको छ । तर रुसले भने युक्रेनमाथि आक्रमणको योजना नभएको जनाइरहेको छ ।
अमेरिका राष्ट्रपतिले रूसी हमलाको सम्भावनाबारेको टिप्पणी युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेस्कीसँग टेलिफोन कुराकानीका क्रममा व्यक्त गरेका बीबीसीले जनाएको छ ।
व्हाइट हाउस की प्रवक्ता एमिली होर्नले भिनन्, ‘राष्ट्रपतिले भनेका छन् कि प्रबल सम्भावना हो कि रूस फेब्रुअरीमा युक्रेनमा फेब्रुअरीमा आक्रमण गर्नेछ ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment