गैरकानुनी तरिकाले अमेरिका प्रवेश गर्न खोज्दा पूरै परिवारको हिउँमा जमेर मृत्यु

डिसी नेपाल
१५ माघ २०७८ १३:२५
7.7k
Shares

काठमाडौं। क्यानडा र अमेरिकाको सीमा क्षेत्रमा मृत अवस्थामा फेला परेका एक परिवारका ४ जना सदस्यहरुको विषयमा क्यानडाका अधिकारीहरुले यो घटना मानव तस्करीसँग सम्बन्धित भएको बताएका छन् । भारतका ३९ वर्षका जगदीश पटेल, ३७ वर्षकी बैशालीबेन पटेल र उनीहरुका छोराछोरी ११ वर्षकी छोरी विहांगी र ३ वर्षका छोरा धार्मिकको अमेरिकाको सीमासँग जोडिएको क्यानडाको मेनिटोबामा चिसोले जमेर मृत्यु भएको थियो ।

यो परिवार जुन राज पैदल हिँडेर अमेरिका प्रवेश गर्ने कोसिस गरिरहेका थिए त्यतिबेला त्यहाँको तापक्रम माइनस ३५ डिग्री सेल्सियससम्म झरेको थियो । क्यानडास्थित भारतीय उच्चायोगले परिवारका सदस्यको पहिचान सार्वजनिक गरेको हो र क्यानडाको रोयल क्यानेडियन माउन्टेन पुलिस (आरसीएमपी) ले पनि यसको पुष्टि गरेको छ । बिहीबार आरसीएमबीका अध्यक्ष रब हिलले एक पत्रकार सम्मेलनमा यो परिवार १२ जनवरीमा विमानबाट क्यानडाको टोरन्टो पुगेको बताए ।

उनीहरु १८ जनवरीको आसपास मेनिटोबा पुगेर त्यहाँबाट सीमावर्ती इमर्सनतिर गएका थिए । त्यसको अर्को रात उनीहरुको शव भेटियो । इमर्सनमा क्यानडा अमेरिका सीमानजिक कुनै वाहन भेटिएन जसबाट यस्तो लाग्छ कि कुनै व्यक्तिले उनीहरुलाई गाडीमा कुनै ठाउँमा छोडेर फर्किए त्यसपछि उनीहरु पैदल अगाडि बढ्न थाले । रब हिलले भने ‘एक यस्तो परिवार जो क्यानडासँग परिचित थिएन उनीहरु लामो समयसम्म यात्रा गरिरहे ।’ सम्भवतः कसैले उनीहरुलाई सहयोग नगरेको अनुमान गरिएको छ ।

१९ जनवरीका दिन बेलुका मात्र ७ भारतीयको अन्य समूहलाई बोर्डर एजेन्टहरुले समातेका थिए । पटेल परिवार र यी ७ भारतीयको समूहबीच कुनै सम्बनध थियो भन्ने विषयमा आरसीएमपीले कुनै जवाफ दिएन । फ्लोरिडा निवासी ४७ वर्षका स्टिभ स्यान्डलाई एउटा गाडीमा १५ जनालाई राखेर सीमातर्फ लैजाँदै गरेको अवस्थामा मानव तस्करीको आरोपमा पक्राउ गरिएको थियो । यो घटना त्यही रातको हो जुन रात पटेल परिवारको शव भेटियो । स्यान्डको गाडीमा पनि २ भारतीय थिए र उनीहरुको बुटमा खाना र पानी राखिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *