पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जना कोरोना सङ्क्रमित थपिए

डिसी नेपाल
१५ माघ २०७८ १६:५०
188
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ हजार ५६२ जनामा परीक्षण गर्दा ४ हजार ९०४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १० हजार १०१ जनामा पीसीआर परीक्षण गरिएकोमा ३ हजार ३१८ जनामा र ४ हजार ४६१ जनामा एन्टीजेन परीक्षण गर्दा १ हजार ५८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ८९.५प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ५ हजार ९२४ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७०५ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ८७ हजार ३२९ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २ लाख ७२ हजार ७४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.