राणाको निधनप्रति नेपाल प्रेस युनियनद्वारा दुःख व्यक्त

डिसी नेपाल
१५ माघ २०७८ १९:३२
20
Shares

काठमाडौं ।नेपाल प्रेस युनियनले युनियनका केन्द्रीय सल्लाहकार एवं देशान्तर साप्ताहिकका प्रधानसम्पादक कविर राणाको आमा मीनकुमारी राणाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

युनियनका कार्यवाहक महासचिव भीष्मराज ओझाले आज शोक विज्ञप्ति जारी गरी वरिष्ठ पत्रकार राणाका ८३ वर्षीया आमा मीनकुमारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । राणाको आज बिहान निधन भएको थियो । युनियनले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.