डिप्रेसन हुँदा के गर्थे कपिल शर्मा ?

डिसी नेपाल
१६ माघ २०७८ १३:१९
636
Shares

काठमाडौं। भारतका कमेडी किङ कपिल शर्मा चिनाइरहनुपर्ने नाम होइन। उनको कमिक टाइमिङले उनलाई जहिल्यै लोकप्रिय बनाएको छ। कपिल नयाँ शो ‘आई एम नट डन येट’ लिएर दर्शकमाझ आएका छन् । यो शोमा उनका केही किस्सा दर्शकले थाहा पाइरहेका छन्।

कपिल शर्मा कुनै समय डिप्रेसनको शिकार भएका थिए। उनले आफू डिप्रेसनमा हुँदा के गर्थे भन्ने कुराको खुलासा गरेका छन्। कपिल आफ्नो शो बन्द हुँदा डिप्रेसनमा पुगेका थिए।

‘मेरो शो बन्द भएपछि म समय बिताउन आधा रातमा मदिरा पिउँदै नेटफ्लिक्समा नार्कोस हेर्थें। मेरो कुकुर जन्जीर पनि मसँगै हुन्थ्यो। किनकि म मदिराको सुरमा पूरा एपिसोड हेर्थे। त्यसपछि बिहान उठेर फेरि त्यही शो हेर्थें। मदिराले गर्दा केही कुरा सम्झँदैन थिएँ। त्यसकारण बिहान पुनः शो हेर्थें’, उनले भनेका छन्।

कपिल डिप्रेसन विदेशीलाई मात्र हुन्छ भन्ने सोच्दथे। तर आफूलाई परेपछि उनले यो सबैलाई हुँदो रहेछ भन्ने भयो। उनले आफ्ना साथीभाईलाई पनि आफू डिप्रेसनमा भएको बताउने गरेका थिए।

तर साथीहरुले भने दुई पेग मदिरा खाएर निस्किएपछि डिप्रेसन हट्छ भन्ने सल्लाह दिन्थे। अन्ततः उनले साथीको कुरा सुनेनन्, अनि एक राम्रो थेरापिस्टसँग आफ्नो उपचार गराए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *