प्रधानमन्त्रीले एमसिसी पास नगरे गठबन्धन तोडिन्छ भनेको होइनः नारायणकाजी श्रेष्ठ

डिसी नेपाल
१६ माघ २०७८ २०:३०
168
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी सम्झौता पास नगरे गठबन्धन तोडिन्छ भनेर नभनेको दाबी गरेका छन् ।

शनिबारको गठबन्धनको बैठकमा प्रधानमन्त्रीले एमसिसी पारित नगरे गठबन्धन तोडिन्छ भनेको भन्दै समाचारहरु बाहिरिएपछि आइतबार राति माओवादी केन्द्रका नेता श्रेष्ठले त्यसलाई अस्वीकार गरेका छन् । उनले भ्रममा नपर्न आग्रह गरेका छन् ।

‘कुनै भ्रममा नपरौं; प्रमले एमसिसिसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन।आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन’ उनले भनेका छन्, ‘ गठबन्धनमा एमसिसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्नेकुरा पनि सत्य होइन।’

उनले माओवादी केन्द्र यथास्थितिमा एमसिसीको पक्षमा नभएको बताएका छन् । नेता श्रेष्ठ गठबन्धनले गठन गरेको एमसिसी अध्ययन कार्यदलका सदस्य समेत हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.