अमेरिकी कम्पनी टी मोवाईलले खोप नलगाएका कर्मचारीलाई निस्काशन गर्ने
न्युयोर्क। अमेरिकाको एउटा कम्पनीले खोप नलगाएका कर्मचारीहरुलाई निस्काशन गर्ने भएको छ।
टी मोवाईलले २ अप्रिलसम्म पूर्ण खोप नलगाउनले व्यक्तिलाई निस्काशन गर्ने भएको हो। कर्मचारीलाई पठाएको आन्तरिक इमेलमा यस्तो दाबी गरिएको हो। २१ फेब्रुवरीसम्म पहिलो डोज लगाएका कर्मचारीहरुलाई वेतलबी बिदामा राखिने टी मोबाइलका मानव श्रमसाधन प्रमुख डिएनी किङले बताए।
प्रविधिसम्बन्धी अमेरिकी समाचार संस्था दी भर्जका अनुसार कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,, ‘टी–मोवाइलको कार्यलय कोभिड १९ विरुद्ध खोप लगाउनेका लागि मात्र पहुँच योग्य हुनेछ। ’
कर्मचारीहरुको खोप अवस्था याद राख्न कम्पनीले डिजिटल पास प्रणाली प्रयोग गरेको प्रसंगलाई पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कार्यलयका कर्मचारीलाई २ अप्रिलसम्म पूर्ण खोप आवश्यक पर्ने हामीले उनीहरुलाई जानाकारी दिएका छौं ।’ तर, निश्चित भूमिका र स्थानमा केही छुट हुने जनाइएको छ । कार्यलयमा नियमित वा कहिलेकाही काम गर्ने कर्पोरेट कर्मचारीका लागि सो नीति लागु हुने जनाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment