अमेरिकामा बन्यो लघु चलचित्र शंका
अमेरिका। अमेरिकाबाट शंका नामक छोटो चलचित्र निर्माण गरिएको छ। चलचित्र निर्देशक सुमन दाहालले निर्देशन गरेको उत्त सम्राट क्रियसन युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो।
अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीको लेक्सिनटन शहर र यसका आसपासका क्षेत्रमा यो चलचित्रकोे छायाँकन गरीएको थियोे। लघु चलचित्र शंकामा चुडामणि अवस्थी, सविता चैलागाईं केसी, बिष्णु डुम्रे , भुवन लोहोनी, सन्दिप अर्याल आदी कलाकारको अभिनय रहेको छ।

चुडामणि अवस्थीको कथा, अक्की शर्माको छायाँकन रहेको यो फिल्ममा सन्दिप अर्यालले ब्यबस्थापकको भूमिकामा थिए भने सम्पादन भुपेन्द्र अधिकारीले गरेका हुन्।

श्रीमान श्रीमती बीचमा हुने शंकाले कस्तो अबस्था निम्ताउँछ भन्ने कुरा चलचित्रमा समेटिएको निर्माण पक्षले जनाएको छ। निर्देशक सुमन भन्छन्, ‘हामीले पारिवारिक समस्याको विषयलाई उठाएर शिक्षा, सचेतना फैलाउने खालको सन्देश मुलक चलचित्र बनाएका छौं।’
हालैमात्र उनले हेर्दा हेर्दै यो केटी, यो जीवन मिठो , तिमीसग छुट्टिएर बोलको गीतका अर्को म्युजिक भिडियो पनि त्यहीँबाट निर्माण÷ निर्देशन गरेर सार्वजनिक गरेका थिए। मन परेपछि, नो स्मोकिङ जस्ता चलचित्र निर्देशन गरेका सुमन नेपाली चलचित्र निर्देशक समाजका पूर्व उपाध्यक्ष हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment