भारतले अमेरिकासँग किन निहुँ खोज्दैछ ?
काठमाडौं। भारतले सोमबार युक्रेन संकटका विषयमा तत्काल तनाव कम गर्न भनेको छ । भारतले यो मामिलामा सबै देशहरुको उचित सुरक्षा हितलाई पनि रेखांकित गरेको छ । संयुत्तः राष्ट्रसंघीय सुरक्षा परिषदमा युक्रेनमाथि रुसको सम्भावित आक्रमणका विषयमा चर्चा हुनु पर्ने वा नपर्ने भन्ने विषयमा मतदान भएको थियो । भारतले मतदानमा भाग लिएन ।
भारतले मतदानमा भाग नलिनुलाई उसले अमेरिकासँग निहुँ खोजेको रुपमा हेरिएको छ किनकि अमेरिकाले यस विषयमा राष्ट्रसंघमा चर्चा हुनुपर्छ भनेको छ । भारतीय अखबार टाइम्स अफ इण्डियाले यो समाचार प्रमुखताका साथ छापेको छ । अखबारले आफ्नो रिपोर्टमा लेखेअनुसार यो विषयमा सुरक्षा परिषदमा चर्चा भयो र अमेरिकाको नेतृत्वमा १० देशले चर्चाको पक्षमा मतदान गरे ।
भारतसँगै किनिया र गेबोनले मतदानमा भाग लिएनन् । रुस र चीनले चर्चाको विरुद्ध मतदान गरे । यो मतदान प्रक्रियात्मक थियो र यसमा भिटोको प्रावधान थिएन । यसमा कुनै पनि पक्षले जित्नको लागि ९ भोटको आवश्यकता थियो । अमेरिका चर्चाको लागि ९ भन्दा धेरै देशको समर्थन पाउनेमा आश्वस्त थियो । अमेरिकाको अपेक्षा अनुसार १० देशले उसको पक्षमा मतदान गरे र अमेरिकाको पक्षले जित्यो तर अमेरिकाको निकट सहयोगी मानिएको भारतले उसको पक्षमा मतदान नगर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
भारतले युक्रेन संकटलाई कूटनैतिक र रचनात्मक वार्ताको माध्यमबाट सुल्झाउन भनेको यो दोसे पटक हो । संयुक्त राष्ट्रसंघमा भारतका राजदूत टिएस तिरुमूर्तिले भने ‘भारत यो संकटको समाधान चाहन्छ र यो तत्काल तनावमा कमी ल्याएर हासिल गर्न सकिन्छ । यसमा सबै देशको सुरक्षा हितको ख्याल गरिनुपर्छ । भारत सबै सम्बन्धित पक्षको सम्पर्कमा छ । २० हजारभन्दा धेरै भारतीय विद्यार्थी र अन्य व्यक्तिहरु युक्रेन र उसको सीमा क्षेत्रमा छन् ।’
टाइम्स अफ इण्डियाले आफ्नो रिपोर्टमा लेखेको छ ‘भारत मतदानबाट बाहिर रहनुले उसको सन्तुलनवादी रवैयालाई दर्शाउँछ । अमेरिकाको दबाबका बावजुद भारतले रुसमाथि आक्रामक भएको जस्ता कुनै आरोप लगाएन । भारतको रुससँग सुरक्षा सम्बनध त छ नै साथमा अफगानिस्तानमा पनि भारतलाई आफ्नो हितको लागि रुसको समर्थनको आवश्यकता छ । रुसले गत वर्ष नोभेम्बरमा अफगानिस्तानका विषयमा एक सम्मेलन आयोजनामा भारतलाई सहयोग गरेको थियो । भारत र चीनबीच जारी तनावलाई पनि रुसले कम गर्ने प्रयास गरिरहेको छ ।’
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकभन्दा पहिले रुसी उपविदेशमन्त्री सर्गेइ वर्शिनिन भारत भ्रमणमा आएकी थिइन् । उनले भारतसँग संयुक्त राष्ट्रसंघमा सहयोगका विषयमा चर्चा गरेकी थिइन् । आज अर्थात फेब्रुअरी १ देखि देखि सुरक्षा परिषदको अध्यक्षता १ महिनाको लागि रुसले गर्नेछ ।
अर्को भारतीय अखबार द इण्डियन एक्सप्रेसले पनि यो समाचारलाई प्रमुखताका साथ प्रकाशित गरेको छ । अखबारले लेखेको छ ‘अमेरिका, बेलायत, फ्रान्स समेत १० देशहरुले चर्चाको पक्षमा मतदान गरे तर भारत, किनिया र गेबोन मतदानबाट बाहिर रहे । भारतले यहाँ यो देखाउने कोसिस गरेको छ कि युक्रेन संकटमा ऊ कुनै पनि पक्षको साथमा छैन । भारत भलै मतदानमा सहभागी भएन तर उसको समर्थन रुसको पक्षमा देखियो ।’







डिसी नेपाल








Facebook Comment