साउदी अरेबियाको रेष्टुरेण्टमा पुगेपछि मानिसहरु आत्तिएर चिच्याउँछन्, हेर्नुहोस् तस्वीरहरु
काठमाडौं। साउदी अरेबियामा एउटा यस्तो रेष्टुरेण्ट छ जहाँ भूत, प्रेत, जोम्बी र डरलाग्दो आजाजको बीचमा ग्राहकहरुले खाना खान्छन् । मानिसहरुको खानाको टेबलनजिकै मानव कंकाल र नक्कली रगत हुन्छन् । रेष्टुरेण्टमा ग्राहकहरुको साथमा कुर्सीमा मानव कंकालहरु पनि बसिरहेका छन् ।

समाचार एजेन्सी एएफपीले एउटा भिडियो साझा गरेको छ जसमा ग्राहकहरुको बीचमा डरलाग्दा कपडा लगाएका कलाकारहरुले उनीहरुलाई तर्साइरहेका छन् । पृष्ठभूमिमा बजिरहेको भूत प्रेतको आवाजले वातावरण झनै डरलाग्दो बनाइरहेको छ ।

यो रेष्टुरेण्ड साउदी अरेबियाको राजधानी रियादको बुलेवार्डमा छ । साउदीले आफ्नो रुढीवादी छवि बदलिएर उदार छवि बनोस् भनेर यो रेष्टुरेण्ट खोलेको हो । रेष्टुरेण्टमा खानको लागि आएकी नोरा अल असदले समाचार एजेन्सी एएफपीसँग भनिन् ‘म यहाँ मोज मस्ती गर्न र हाँस्न आएकी थिएँ तर यहाँको माहोल र शो वास्तवमै निकै डरलाग्दो छ ।’
VIDEO: A restaurant in Saudi Arabia is offering patrons in the conservative kingdom a unique experience — dishes with a side of skull and blood in the company of zombies and vampires pic.twitter.com/V2OfPQrThQ
— AFP News Agency (@AFP) January 31, 2022
२६ वर्षीय नोरा एचआर हुन् । जब रेष्टुरेण्टमा वेटरले मुस्कुराउँदै एउटा कालो खोपडीको साथमा उनलाई खाना दिए उनी तर्सिइन् । उनले भनिन् ‘मेरो त भोक नै हरायो ।’ नोराका मित्र जवाहर अब्दुल्ला रेष्टुरेण्टलदाई लिएर निकै रोमाञ्चित छन् । उनी डाक्टर हुन् । उनले भने ‘मलाई डरलाग्दा कुराहरु मन पर्छ । मलाई लाग्छ माहोल निकै राम्रो छ र मलाई धेरै मजा आइरहेको छ । साथमा जवाहरले जोम्बी बनेका एक कलाकारसँग सेल्फी लिए जसको छातीमा नक्कली रगत बगिरहेको थियो र एउटा ठूलो घाउ बनेको थियो ।

रेष्टुरेण्टमा परिवारसँग खाना खान आएका व्यवसायी स्लमिनलाई यो डरलाग्दो रेष्टुरेण्ट निकै मन पर्यो । उनले भने ‘हामी सधैं रियादमा नयाँ र रोमाञ्चक कुराहरुको खोजीमा रहन्छौं । पहिले रेष्टुरेण्टमा जानुको अर्थ पेटभरी खानु, कुराकानी गर्नु र घर फर्केर आउनु हुनथ्यो तर अहिले हामी खाइरहेका छौं र मजा पनि गरिरहेका छौं । अनि अलिकति डर पनि छ ।’

२०१७ मा साउदी अरबमा क्राउन प्रिन्स मोहम्मद बिन सलमानले कैयौं ठूला सुधारहरुको सुरुवात गरेका थिए । २०२० मा पर्यटकहरुको लागि आफ्नो ढोका खोले । पहिले कट्टर इस्लाम मान्ने साउदीमा मनोरञ्जनको व्यवस्था थिएन, मानिसहरु विदेश जानु पर्थ्यो तर प्रिन्स सलमान आएपछि स्थिति बदलिइरहेको छ ।

अहिले साउदीमा नै सांगीतिक कार्यक्रम आयोजना गरिन्छन् र कैयौं सिनेमाघर पनि खोलिएका छन् । पहिले संगीत समारोहमा पुरुषहरुको साथमा महिलाहरुलाई सहभागी हुने अनुमति थिएन । तर अहिले भने यस्तो छैन । महिलाहरुलाई गाडी चलाउने लगायतका काममा पनि छुट दिइएको छ । हालै साउदीले उँटको सौन्दर्य प्रतियोगितामा पनि महिलाहरुलाई सहभागी हुन अनुमति दिएको थियो ।








डिसी नेपाल








Facebook Comment