लता मंगेशकरको पार्थिव शरीरमा शाहरुख खानले ‘फुकेको’ कि ‘थुकेको’ ? किन चर्कियो विवाद ?
काठमाडौं। लता मंगेशकरको अन्तिम संस्कारको अवसरमा उनलाई श्रद्धाञ्जली दिन पुगेका शाहरुख खानले जसरी त्यहाँ ‘दुआ’ गरे त्यसलाई दिलएर सामाजिक संजालमा भारतीय जनता पार्टीका एक पदाधिकारीले प्रश्न उठाए । जसको निकै आलोचना भइरहेको छ । आइतबार बेलुका मुम्बइको शिवाजी पार्कमा लता मंगेशकरको अन्त्येष्टिभन्दा पहिले प्रधानमन्त्री नरेन्द्र मोदीसमेत कैयौं व्यक्तित्वले पार्थिव शरीरनजिक गएर प्रार्थना गरेका थिए ।
शाहरुख त्यहाँ आफ्नी सेक्रेटरी पूजा ददलानीसँग पुगेका थिए । एकातर्फ जहाँ शाहरुखका हात दुआको लागि उठेका थिए त्यहीँ पूजा ददलानी हात जोडेर लतालाई श्रद्धाञ्जली दिइरहेकी थिइन् । शाहरुख खानले दुआको अन्त्यमा तल झुकेर मास्क हटाएर पार्थिव शरीरतिर फुके । यसैलाई लिएर गरिएको एक टिप्पणीले ट्वीटरमा बहस सुरु गरेको छ । भाजपाको हरियाणा सेलका प्रभारी अरुण यादवको ट्वीटले यो विवादलाई अझै बढायो । उनले श्रद्धाञ्जली दिइरहेका शाहरुख खानको भिडियो शेयर गर्दै लेखिदिए ‘के यसले थुकेको हो ?’
क्या इसने थूका है ❓ pic.twitter.com/RZOa2NVM5I
— Arun Yadav (@beingarun28) February 6, 2022
उनको ‘फुक’लाई ‘थुक’को नाम दिएर शाहरुख खानलाई सामाजिक संजालमा ट्रोल गर्न थालियो । अर्कोतर्फ एक समूहले भने शाहरुख र पूजा ददलानीको तस्वीरलाई भारतको वास्तविक तस्वीर भन्दै तारिफ गरिरहेका थिए । यस विषयमा शाहरुखको आलोचना गर्नेहरुलाई जवाफ दिन कैयौं प्रसिद्ध हस्तीहरु अगाडि आए । शिवसेनाकी राज्यसभा सांसद प्रियंका चतुर्वेदीले ट्वीट गरिन् ‘केही मानिसहरु न दुआको लायक छन् न दयाको । उनीहरुलाई केवल औषधिको आवश्यकता छ, मनको विष नष्ट गर्नको लागि ।’
कुछ लोग ना दुआ के क़ाबिल हैं, ना दया के उनको सिर्फ़ दवा की ज़रूरत है,
मन के ज़हर को ख़त्म करने के लिए।— Priyanka Chaturvedi?? (@priyankac19) February 7, 2022
कांग्रेस प्रवक्ता सुप्रिया श्रीनेत्रले पनि शाहरुखको पक्षमा ट्वीट गर्दै उनीमाथि प्रश्न उठाउनेहरुको कडा आलोचना गरेकी छिन् । सुप्रियाले लेखेकी छिन् ‘तपाइँ न केवल बन्द दिमागको व्यक्ति हो बरु बहुत दुष्ट व्यक्ति पनि हो जसले एक दिवंगत आत्माको लागि गरिएको दुआलाई पनि घृणा फैलाउनको लागि प्रयोग गरिरहनुभएको छ । सबै जनाले सोचौं, के हामीले दुष्टतालाई जित्न दिन सक्छौं ?’ सुप्रियाले शाहरुखको दुआ पढिरहेको तस्वीर ट्वीट गर्दै लेखेकी छिन् ‘मेरो देश ।’
मेरा देश ❤️ pic.twitter.com/EF2gYNxg70
— Supriya Shrinate (@SupriyaShrinate) February 6, 2022
ओडिशाका बरिष्ठ आइपीएस पुलिस अघिकारी अरुण बोथराले यसबारेमा एक ट्वीट गरेर लेखेका छन् ‘इस्लाममा दुआ पढिसकेपछि फुक्ने प्रचलन छ । बच्चाहरुलाई बिरामी भएका झारफुक गराइन्छयो सामान्यतया सबैलाई थाहा छ । शाहरुख खानले दुआ पढे र फुकेर विधि पूरा गरे । यति शोकको अवसरमा वाहियात प्रश्न उठाउनेहरुलाई सत्य त थाहा छ तर बानीले बाध्य हुनु पनि कुनै चिज हुन्छ ।’
इस्लाम में दुआ पढ़ने के बाद फूंक मारने का रिवाज है। बच्चों को हारी-बीमारी में झाड़-फूंक करायी जाती है, ये अमूमन सबको पता है। शाहरुख खान ने दुआ पढ़ी और फूंक कर रस्म पूरी की।
इतने गमगीन मौके पर बेहूदा सवाल उठाने वालों को सच का तो पता है पर आदत से मजबूरी भी कोई चीज होती है। https://t.co/HFHpIFDz3D
— Arun Bothra ?? (@arunbothra) February 6, 2022
के हो फुक्नु ?
मुसलमानहरुमा यो आम प्रचलन हो । कसैको मृत्युमा वा अन्य केही अवसरमा पनि फुकेर दुआ पढिन्छ । यो दुआ मुसलमानहरुको पवित्र धार्मिक ग्रन्थ कुरान शरीफका आयत हुन्छन् । कसैको मृत्युमा पढिने दुआमा दिवंगत आत्माको शान्तिको लागि दुआ मागिन्छ । यसका अलावा कसैको लामो आयु, जीवनमा सफलता वा अन्य कुराहरुको लागि दुआ पढिन्छ । दुआ पढिसकेपछि पढ्ने व्यक्तिले जसको लागि दुआ गरेको छ त्यो व्यक्ति नजिक भए उसको अगाडि गएर फुक्छन् ।







डिसी नेपाल







Facebook Comment