ओसामा बिन लादेनका छोराको अफगानिस्तान भ्रमण !
काठमाडौं। अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएपछि तालिबानले आफूलाई ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’को रुपमा परिभाषित गरिरहेको छ । इस्लामिक इमिरेट अफ अफगानिस्तानले सोमबार संयुक्त राष्ट्रसंघको राष्ट्रिय सुरक्षा परिषदको मनिटरिङ टिमको त्यो रिपोर्टलाई खारेज गरेको छ जसमा अफगानिस्तानमा राजनीतिक परिवर्तनपछि विदेशी विद्रोही समूह पहिलेभन्दा धेरै स्वतन्त्र भएका छन् ।
टोलो न्यूजका अनुसार यो रिपोर्टमा पछिल्ला दिनमा तालिबान सरकारको तर्फबाट विदेशी चरमपन्थी लडाकुहरुलाई नियन्त्रित राख्नको लागि कुनै प्रयास गरिएको संकेत प्राप्त नभएको भनिएको छ । रिपोर्टमा विगतका दिनमा भन्दा अहिले चरमपन्थी समूह धेरै स्वतन्त्र भएको भनिएको छ । यद्यपि टिमका सदस्यहरुले अफगानिस्तानमा विदेशी चरमपन्थी लडाकुको कुनै नयाँ गतिविधिको जानकारी पनि दिएका छैनन् ।
यो रिपोर्टमा दोहा सम्झौता अनुसार तालिबान सरकारले जनाएका प्रतिबद्धता पनि उल्लेख गरिएको छ जसमा तालिबानले अन्तर्राष्ट्रिय स्तरमा चरमपन्थको खतरालाई मध्यनजर गर्दै अफगानिस्तानको जमिन यसको लागि प्रयोग हुन नदिने भनेको थियो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको मनिटरिङ टिमले चिन्ता व्यक्त गर्दै भनेको छ कि अन्तर्राष्ट्रिय चरमपन्थी समूहहरुलाई अफगानिस्तानमा सुरक्षित अड्डा प्राप्त हुन सक्छ ।
यो रिपोर्टमा यो पनि दावी गरिएको छ कि ओसामा बिन लादेनका छोराले गत वर्ष अफगानिस्तानको भ्रमण गरेका थिए । रिपोर्टका अनुसार लादेनका छोरा अब्दुल्लाहले गत वर्ष अक्टोबरमा अफगानिस्तानको भ्रमण गरेका थिए । उनी त्यतिबेला तालिबानसँग बैठकको लागि अफगानिस्तान आएका थिए । यो रिपोर्टप्रति प्रतिक्रिया दिँदै इस्लामिक इमिरेट अफ अफगानिस्तानले यो रिपोर्ट प्रमाणभन्दा बाहिर रहेको बताएको छ । सरकारले भनेको छ ‘अफगानिस्तानको इस्लामिक इमिरेट सरकार देशमा विदेशी आतंकवादलाई संरक्षण दिइएको भन्ने रिपोर्ट खारेज गर्छ ।’
इस्लामिक इमिरेट अफ अफगानिस्तानको विदेश मन्त्रालयको तर्फबाट जारी बयानमा भनिउको छ ‘यस्तो रिपोर्ट जसमा प्रमाणको अभाव छ, जसमा दस्तावेज र ठेगाना छैन हामी त्यसलाई खारेज गर्छौं र यस्तो रिपोर्ट अफगानिस्तानको हितमा पनि छैन न विश्वको हितमा छ ।’ इस्लामिक इमिरेटले दोहा सम्झौताका शर्तहरु लागू गरिएको दावी गरेको छ । साथमा उसले कुनै समूहलाई अफगानिस्तानको जमिनबाट कुनै अर्को देशलाई धम्की दिन अनुमति नदिएको बताएको छ ।







डिसी नेपाल







Facebook Comment