अन्तिम चरणमा चलचित्र ‘तिमी कसकाे ?’ सुटिङ
तेह्रथुम। यतिबेला चलचित्र तेह्रथुमको पर्यटकीय क्षेत्रमा ‘तिमी कसकाे?’ चलचित्रकाे सुटिङ भइरहेको छ । गत बुधबारदेखि सुरु भएको सुटिङ तेह्रथुममा अन्तिम चरणमा पुगेको निर्देशक तथा निर्माता जीवन श्रेष्ठले बताए।
तेह्रथुमको तिनजुरे, बसन्तपुर बजार,लालीगुराँस नगरपालिकाको काँडे,सुजेपु तिनछाँगे झरनालगायत विभिन्न स्थानहरूमा सुटिङ भएको छ। त्यस्तै चोलुङ पार्कमा केही दिन सुटिङ गरिने भएको छ। तेह्रथुममा ८० प्रतिशत र काठमाडौंलगायत विभिन्न क्षेत्रमा २० प्रतिशत सुटिङ गरिने भएको हो।

चलचित्रमा प्रदीप गिरी, अर्जुन थापा, टेकेन्द्र न्यौपाने, स्वहन प्रतापसँगै हर्षिका श्रेष्ठ, रिया श्रेष्ठ र प्रीतिका शर्मालगायत कलाकारकाे अभिनय रहेकाे छ। तेह्रथुमको पर्यटन प्रवर्द्धन गर्ने प्रमुख उद्देश्यसहित लालिगुराँस नगरपालिका क्षेत्रमा छायांकन सुरु गरिएको चलचित्रमा स्थानीय जनजीवनलाई चलचित्रमा समेटेर स्थानीय कलाकारलाई प्राथमिकता दिइएकाे छ।
देव महर्जनको द्वन्द्व निर्देशनमा निर्माण हुने यस चलचित्रको अन्य कलाकारहरूमा लक्ष्मीनाथ तिम्सिना, टिआर सेनेहाङ, चन्दा कुरूम्बाङ, रविकिरण लिम्बू, तिला पोखरेल, अमृत बास्तोला, शिखा लिम्बू, दिलकुमार लिम्बूलगायत छन् । बाल कलाकारमा सेक्फुङ लिम्बू, सेमी लिम्बू, सुम्जिरी पाक्साँवा, जोसेफ शंखर छन्।

चलचित्रमा आकाश अकुले संगीत दिएका छन् । कल्पेस ओझिलको शब्दमा सचिन राई र अन्नु चौधरीले स्वर दिएका छन् । सुरेन लिम्बू र प्रकाश पाक्साँवाको छायांकनमा सुरु भएको चलचित्रको कथा जीवन श्रेष्ठले लेखेका हुन् । चलचत्रिमा अर्जुन थापाको पटकथा र संवाद रहेकाे छ।

चलचित्रको च्यारेटी सोबाट संकलित रकमको २५ प्रतिशत लालिगुराँस नगरपालिका-९ सोल्मा काडेका मृगौला पीडित सुमन लिम्बूको उपचारमा सहयोग गरिने निर्देशक श्रेष्ठले बताए ।

२४ वर्षीय मृगौला पीडित लिम्बू घोपा क्याम्प धरानमा उपचाररत छन्। चलचित्रको करिब एक महिनामा छायांकन कार्य सकाएर नयाँ वर्ष २०७९ को पहिलो दिनमा रिलिज गरिने तयारी रहेको निर्माण पक्षले जनाएको छ।







डिसी नेपाल








Facebook Comment