चीनसँगको सीमा समस्याबारे राम्रोसँग अध्ययनपछि आधिकारिक धारणा सार्वजनिक गर्छौंः सञ्चारमन्त्री

डिसी नेपाल
२५ माघ २०७८ १७:१४
32
Shares

काठमाडौं । सरकारका प्रवत्ता एवं सञ्चार तथा सचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले चीनसँगको सीमा समस्या बारे सरकारले अध्ययन गरेर मात्र आधिकारीक धारणा सार्वजनिक गर्ने बताएका छन् ।

बिभिन्न अन्तर्राष्ट्रिय मिडियाले एक गोप्य प्रतिवेदनलाई उद्वृत गर्दै चीनले नेपाली भूमि अतिक्रमण गरेका समाचार प्रकाशित गरेकै दिन उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘रिपोर्टको आधारमा होइन, वास्तविकताको आधारमा उपयुक्त समयमा राम्रोसँग अध्ययन गरेर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्छ,’ मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले भने ।

उनले भारत र चीनसँगको सीमा समस्या कूटनीतिक ढंगले सरकारले समाधान गर्ने समेत बताए । भारत र चीनसँग सीमा समस्या आउन नदिन सरकार प्रयत्नसील रहेको उनले जनाए ।

‘हाम्रो सीमा चाहे भारतसीत होस् या चीनसँग, सीमामा कुनै समस्या छन् भने ती समस्या हामी कूटनीतिक ढंगले समाधान गर्छौं । यी समस्याहरु आउनु हुन्न र आउन नदिनको निम्ती सरकार सधै प्रयत्नसील रहन्छ,’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.