गरिमा विकास बैंकद्वारा शेयरधनीहरूलाई २० प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं। गरिमा विकास बैंक लिमिटेडको सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरूलाई कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
मिति २०८३ भाद्र १८ गते बिहीबार बसेको बैठकले हाल कायम चुक्ता पुँजी रु. ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ पैसा २२ को १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) गरी कूल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी बीसौँ वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरूलाई वितरण गरिनेछ। बोनस शेयर पारित भई जारी भएपश्चात् बैंकको चुक्ता पुँजी वृद्धि भई रु. ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०० रुपैयाँ ९४ पैसा पुग्नेछ।
काठमाडौँको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटिएममार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment