बाढीपीडितको उद्धारमा जुटे यामाहाका राइडर: रसुवा र नुवाकोटमा राहत सामग्री वितरण

डिसी नेपाल
१९ भदौ २०८३ १०:५६

काठमाडौं। गत भाद्र १० गते रसुवा जिल्लामा आएको विनाशकारी बाढीले दर्जनौँ पुल र हजारौँ घरपरिवार प्रभावित बनाएपछि यामाहा ‘ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटी’ राहत र पुनरुत्थानको अभियानमा जुटेको छ।

अचानक आएको बाढीले वर्षौंदेखि पहाडी भूभागमा बसोबास गर्दै आएका नागरिकलाई आधारभूत आवश्यकताबाट समेत वञ्चित गराएको अवस्थामा ब्लू स्ट्रीक्सका राइडरहरूले सहयोग रकम संकलन सुरु गरेका थिए।

सम्पूर्ण प्रक्रियामा पूर्ण पारदर्शिता कायम गर्दै नगद तथा अनलाइनमार्फत प्राप्त सहयोगसहित दाताहरूको सूची सार्वजनिक गरेर कुल रु. ९३ हजार रकम जुटाइएको थियो।

उक्त संकलित रकमबाट राइडरहरूले चामल, दाल, मिनरल वाटर तथा स्यानिटरी प्याडलगायतका अति आवश्यक राहत सामग्री तयार पारेका थिए। प्रतिकूल मौसम र भारी वर्षाका बाबजुद समूहका सदस्यहरूले मोटरसाइकल र गाडीको प्रयोग गर्दै राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्‍याएका हुन्। .

यी सामग्री नुवाकोटस्थित श्री सुन्दरी केउरिनी माध्यमिक विद्यालयमा स्थापना गरिएको अस्थायी होल्डिङ सेन्टर पुगेर बाढीपीडित परिवार, विशेष गरी ज्येष्ठ नागरिक र बालबालिकालाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको थियो।

यस पहलका बारेमा बोल्दै MAW राइड्स प्रा. लि. का कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले आफ्ना राइडरहरू केवल यात्रामा मात्र नभई समाज सेवामा पनि उत्तिकै सक्रिय रहने बताए।

संस्थाको ‘राइड टू प्राइड’ मूल मन्त्रअनुरूप यस्ता संकटका घडीमा आम नागरिकको साथमा उभिन ब्लू स्ट्रीक्स सदैव प्रतिबद्ध रहेको उनको भनाइ थियो। यस अभियानले मोटरसाइकल पारखीहरूको समूहलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै संकटको समयमा मानवीय भावना र समुदायको सहकार्यलाई अझ मजबुत बनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *