शुक्रबार सुन तोलामा २५ सय र चाँदी ४० रुपैयाँले बढ्यो

डिसी नेपाल
१९ भदौ २०८३ ११:०९

काठमाडौं। नेपाली बजारमा शुक्रबार (भदौ १९) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। एक सातादेखि निरन्तर घट्दै आएको सुनको मूल्य बिहीबारदेखि पुन: उकालो लाग्न थालेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले बढेर ३ लाख ७ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढेर ३ लाख ४ हजार ९०० रुपैयाँ पुगेको थियो।

यस साता सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको छ। बुधबार तोलामा ८ हजार ८०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३०० रुपैयाँमा झरेको सुन मंगलबार ५०० रुपैयाँले घटेर ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार तोलामा २ हजार ४०० रुपैयाँ घटेर ३ लाख ६ हजार ६०० रुपैयाँ र आइतबार ९ हजार ५०० रुपैयाँ घटेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७६५ रुपैयाँ पुगेको छ। बिहीबार १४५ रुपैयाँले बढेर ४ हजार ७२५ रुपैयाँ पुगेको चाँदी बुधबार भने १८५ रुपैयाँले घटेर ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार भने आइतबारकै मूल्य अर्थात् ४ हजार ७८० रुपैयाँमा किनबेच भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *