जापानमा बारम्बार भूकम्प जानुको नयाँ तथ्य पत्ता लगाए वैज्ञानिकले

डिसी नेपाल
२६ माघ २०७८ ११:४१
7.4k
Shares

टोकियो। जापान भूकम्पीय दृष्टिले एकदमै जोखिम देश हो। केही वर्षको अन्तरालमा जापानीले बारम्बार भूकम्प महशुस गर्छन्। बारम्बार भूकम्प जानुमा वैज्ञानिकहरुले एउटा नयाँ तथ्य खुलासा गरेका छन्। उनीहरुका अनुसार दक्षिणी जापानमा ठूलो भूकम्प जानुको कारण जमिनमुनि रहेका पहाड आकारका चट्टानका ठूला रास हुन सक्छन्।

वैज्ञानिकहरुले दक्षिणी जापानको तटमुनि कुमानो प्लुटोन नामक संरचना फेला पारेका छन्। ठूला भूकम्पहरुबाट आउने टेक्टोनिक उर्जा यस वरपरको विभिन्न विन्दुहरुमा डाइर्भट हुने गरेको कुमानो प्लुटोनको ३ डी भिजुअलाइजेसनले खुलासा गरेको वैज्ञानिकहरुको भनाइ छ।

‘कहिले, कहाँ र कसरी ठूला भूकम्प जान्छन् भनेर ठ्याक्कै हामीले भविष्यबाणी गर्न सकिँदैन। तर, हाम्रो नमुनालाई मोनिटरिङ डाटासँग मिलाउदा हामी निकट भविष्यका प्रक्रियाहरु अनुमान सुरु गर्न सक्छौं,’ जापान एजेन्सी फर म्यारिन अर्थ साइन्स एन्ड टेक्नोलोजीका भूभौतिकविद् शुइची कोदाइरा भन्छन्। उनको भनाइलाई अस्टिन वेबसाइटमा युनिभर्सिटी अफ टेक्सासले उदृत गरेको छ।

कुमारनो प्लुटनोको वास्तविक हद (क्षेत्र) लाई बुझ्न वैज्ञानिकहरुले २० वर्षदेखिको भूकम्पीय तथ्यांक जाँच गरेका थिए। सो कार्यका लागि सेस्मिक सेन्सर्सको जापान नेटवर्कबाट लाखौं रेकर्डहरु समावेश गरिएको थियो।

अहिलेसम्मकै ठूलो सेस्मिक डाटालाई विश्वविद्यालयको सुपर कम्प्युटर लोनस्टार५ लाई प्रदान गरिएको थियो । कुमानो प्लुटोन निकै घना र कठोर हुने र यसले भूकम्प गराउने टेक्टोनिक गतिविधिलाई सहयोग गर्ने अनुसन्धानकर्ताहरु विश्वास गर्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *