कामका लागि दुबइ गएका व्यक्तिले श्रीमतीको उपचार गर्न पाइप चोरे, जेल सजाय र जरिवाना

डिसी नेपाल
२६ माघ २०७८ ११:४९
892
Shares

काठमाडौं। कामको लागि संयुक्त अरब इमिरेट्स गएका एक एसियाली व्यक्तिले बिरामी श्रीमतकिो उपचारको लागि आफ्नै कम्पनीबाट पानीका २० पाइप चोरी गरे । यी पाइपको मूल्य ४५ हजार दिराम अर्थात साढे १४ लाख रुपैयाँ बताइएको छ । तर ती व्यक्तिले यी सबै पाइप २३ हजार दिराम अर्थात करिब साढे ७ लाख रुपैयाँमा बेचिदिए ।

दुबइको एक अदालतले २९ वर्षीय ती व्यक्तिलाई यो अपराधको लागि १ महिनाको कैद सजाय सुनाएको छ । उनलाई पाइप चोरी गरेको अपराधमा चोरी गरिएका पाइपको मूल्य बराबर नै जरिवाना पनि लगाइएको छ । अब उनले चोरी गरिएका पाइपको मूल्य बराबर ४५ हजार दिराम जरिवाना तिर्नुपर्नेछ । खलीज टाइम्सको एक रिपोर्टअनुसार ती व्यक्तिले एक कम्पनीमा गोदामको रेखदेखको काम गर्थे ।

चोरी जुलाइ २०२१ मा भएको थियो । कम्पनीका एक अधिकारीले गोदामको रेखदेख गर्ने व्यक्तिमाथि चोरीको आरोप लगाए र कम्पनीलाई यसको सूचना दिए । सोधपुछका क्रममा उनले पाइप चोरेको कुरा स्वीकार गरे । उनका अनुसार उनकी पत्नी बिरामी थिइन् त्यसैले उनको उपचार खर्चको लागि उनले पाइप चोरेर बेचेका थिए । एक महिनाको जेल सजाय पूरा भएपछि उनलाई आफ्नो देश डिपोर्ट गरिने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *