भारतमा छात्रालाई हिजाव प्रतिबन्ध लगाएको विषयमा मुख खोलिन मलालाले

डिसी नेपाल
२६ माघ २०७८ १२:००
772
Shares

नयाँ दिल्ली। नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजाइले भारतमा कक्षा कोठामा हिजाव लगाउन पाउने अधिकारका निम्ति आन्दोलन गरिरहेका ६ विद्यार्थीको पक्षमा बोलेकी छिन्। हिजावमाथिको प्रतिबन्धलाई मलालाले डरलाग्दो भनेकी छिन्।

‘हिजाव लगाएर छात्राहरुलाई विद्यालय जान अनुमति नदिनु डरलाग्दो हो,’ २४ वर्षीया मलालाले ट्विट गरेकी छिन्। मलालाले मुस्लिम महिलाहरुकोसीमान्तकरण रोक्न भारतीय नेताहरुलाई आह्वानसमेत गरेकी छिन्।

कलेजमा हिजावमा प्रतिबन्धको विरोधमा कर्नाटक राज्यमा किशोरीले केही सातादेखि आन्दोलन गरिरहेका छन्। हिजाव विवादले राज्यभित्र धार्मिक तनाव बढेको छ । विरोधपछि विभिन्न स्थानमा भएका झडपपछि तीन दिन विद्यालय र कलेज बन्द भएका थिए।

सो विवाद भारतका राष्ट्रिय पत्रपत्रिकाको मुख्य शीषर्क बनेको थियो । विवाद राज्यको उच्च न्यायालयसम्म पुगेको छ। हिजाव लगाउनु भारतको संविधानले सुनिश्चित गरेको धर्मसम्बन्धी आधारभूत अधिकार भएको तर्क गर्दै एक विद्यार्थीको तर्फबाट अदालतमा मुद्दा दायर भएको छ ।

एउटा माध्यामिक विद्यालयको व्यवस्थापनले कक्षा कोठामा हिजाव लगाउन प्रतिबन्ध लगाएपछि किशोरीहरु त्यसको विरोधमा प्रदर्शन सुरु गरेका थिए ।

बालिकाहरुको शिक्षाका पक्षमा वकालत गरेको भन्दै सन् २०१२ मा पाकिस्तानका तालिवानले मलालालाई गोली हानेर गम्भीर घाइते बनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *