आन्तरिक छलफलका लागि शेखर कोइराला समूहको बैठक बस्दै
फाइल फाेटाे
काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन्। बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा उनी समूहको नेता छलफलमा जुटेका छन्।
कांग्रेस नेता जीवन परियारले समसामयिक राजनीतिबारे कोइरालाले छलफल गर्न बैठक राखेको जानकारी दिए। आफ्नो समूहको छलफल सकेपछि कोइरालाले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई भेट्दै छन्।
कोइरालाले देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट्ने नेता परियारले जानकारी दिए। उनका अनुसार सभापति र नेता कोइरालाबीचको भेटमा बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डाबारे छलफल हुनेछ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठक नजिकिएपछि कोइराला समूहले निरन्तर छलफल गरेर सभापतिलाई भेट्न लागेको हो। कोइराला समूहले सभापतिसँगको भेटमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डालगायत समसामयिक विषयमा छलफल गर्ने तयारी गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment