कोरोना परीक्षणको रिपोर्ट ४ मिनेटमै

डिसी नेपाल
२६ माघ २०७८ १५:५३
40
Shares

काठमाडौं । कोरोनाभाइरस संक्रमण भए नभएको पत्ता लगाउनको लागि अहिले आरटी पीसीआर परीक्षणमा सबेभन्दा धेरै विश्वास गरिन्छ । तर, यो परीक्षणको रिपोर्ट आउन निकै समय लाग्छ । चीनले यो समस्याको समाधान निकाल्दै कोभिड–१९ परक्षिणको लागि अर्को परक्षिण प्रणाली विकास गरेको छ । यो परीक्षण प्रणालीको सबैभन्दा महत्वपूर्ण पक्ष हो यसको परीक्षणको नतिजा केवल ४ मिनेटमै आउँछ । यो परीक्षणबाट आउने नतिजा आरटी पीसीआर परीक्षणको जस्तै सटिक हुने वैज्ञानिकहरुले बताएका छन् ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्टअनुसार नेचर बायोमेडिकल इन्जिनियरिङ जर्नलमा सोमबार प्रकाशित एक पियर रिभ्यु आर्टिकलमा शोधकर्ताहरुको टिमले यसको जानकारी दिएका छन् । शोधकर्ताहरुका अनुसार स्वाबबाट जेनेटिक मटेरियलको विश्लेषण गर्नको लागि माइक्रोइलेक्ट्रोनिक्सको प्रयोग गर्ने उनीहरुले विकास गरेको सेन्सरले कोभिड ल्याबमा गरिने पीसीआर टेस्टमा लाग्ने समयलाई कम गर्न सक्छ ।

शांघाइमा फुडन युनिभर्सिटीका शोधकर्ताहरुले विकास गरेको डिभाइसले स्वाब नमूनामा जेनेटिक मटेरियललाई पत्ता लगाउन र यसलाई इलेक्ट्रोनिक सिग्नलमा बदल्नको लागि माइक्रोइलेक्ट्रोनिक्सको साथमा डिएनएका साना मेकानिकल कम्पोनेन्टको प्रयोग गर्छ । यो डिभाइस कम्प्युटर वा स्मार्टफोनसँग जोडिएको हुन्छ जहाँ परीक्षणको नतिजा देखिन्छ ।

शोधकर्ताहरुले आफूहरुले विकास गरेको तरिका छिटो, चलाउन सजिलो हुनुको साथै धेरै संवेदनशील र पोर्टेबल पनि भएको बताएका छन् । उनीहरुको ट्रायलमा शांघाइका कोरोना संक्रमित ३३ जनाको नमूना लिइएको थियो । साथमा त्यही नमूनाको पीसीआर परीक्षण पनि गरिएको थियो । उनीहरुले यो डिभाइसबाट गरेको परीक्षणको नतिजा र पीसीआरको नतिजा हुबहु मेल खान्थ्यो ।

शोधकर्ताहरुका अनुसार यो परीक्षण प्रणाली विकास भएपछि यसको प्रयोग विमानस्थल, स्वास्थ्य सुविधाहरु र घरमा छिटो नतिजा पाउनको लागि गर्न सकिन्छ । यतिमात्र होइन शोधकर्ताहरुका अनुसार यो डिभाइसबाट कोभिड १९ मात्र नभए अन्य संक्रमणको पनि परीक्षण गरेर पत्ता लगाउन सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *