यौन दुर्व्यवहार पीडित महिला भन्छिन्—प्रधानमन्त्रीको आलोचना नगर्न धम्कीपूर्ण फोन आयो

डिसी नेपाल
२७ माघ २०७८ १०:२०
136
Shares

सिड्नी—अस्ट्रेलियामा यौन दुर्व्यवहारपीडित एक महिलाले आफूमाथि प्रधानमन्त्रीको आलोचना नगर्न धम्कीपूर्ण फोन आएको गुनासो गरेकी छिन् ।

ग्रेस टेमले सरकारले वित्तीय सहयोग गरेको संगठनका एक वरिष्ठ सदस्यको धम्कीपूर्ण फोन आएको गुनासो गरेकी हुन् । फोनमा उनलाई ती सदस्यले प्रधानमन्त्री स्कट मोरिसनबारे नकरात्मक विषय नभन्ने प्रतिबद्धता माग गरेका थिए ।

यसअघि प्रधानमन्त्री मोरिसनले संसदमा यौन दुर्व्यवहारकाे गुनासो गर्ने पूर्व राजनीतिक कर्मचारी ब्रिटेनी हिगिन्सलगायतसँग माफी मागेका थिए । बुधबार क्यानबेरास्थित नेसनल प्रेस क्लबमा दुरुपयोग र शक्तिबारे हिगिन्स र टेम सँगसँगै थिए ।

सो फोन कुराकानीबारे केही थाहा नभएको भन्दै त्यस विषयमा छानविन गर्ने सरकारले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *