रेलिगेशनबाट बच्न जित्नै पर्ने दवाबमा फ्रेन्ड्स

डिसी नेपाल
२८ माघ २०७८ ६:४१
60
Shares

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दशौँ चरणका खेल आज (शुक्रबार)बाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती दिन दुई खेल हुनेछ।

दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ । खेलमा दुबै टोलीलाई रेलिगेशनको चिन्ता छ। फ्रेन्ड्सले दशौँ खेलमा समेत जित निकाल्न नसके रेलिगेशनको थप दबाब झेल्नुपर्छ।

प्रशिक्षक मृगेन्द्र मिश्रको भनाई मान्ने हो भने बीबीसीविरूद्वकाे खेलमा पराजित भए फ्रेन्डस ९९ प्रतिशत रेलिगेशनमा जानेछ। बीबीसी भने फ्रेन्ड्सलाई पराजित गर्दै रेलिगेशन क्षेत्रमै पर्न चाहँदैन। खेलमा दुबै टोलीलाई बिदेशी खेलाडीको साथ रहनेछ।

फ्रेन्ड्स ३ अंक जोडेर लिगको पुछारमा रहेको छ। फ्रेन्ड्सले ९ चरण सकिँदा जित निकाल्न सकेको छैन। बीबीसी ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ। दिनको दोस्रो खेलमा साझ पौने ५ बजे त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आर्मी जित निकाल्दै शीर्ष स्थानको मछिन्द्रलाई दबाब बढाउन चाहन्छ । जावलाखेल आर्मीलाई रोक्दै रेलिगेशनको दबाबबाट मुक्त हुन चाहन्छ । दुबै टोलीलाई केही राष्ट्रिय खेलाडीको साथ रहदा जावलाखेललाई थप बिदेशी खेलाडीले सहयोग पर्नेछ । आर्मी १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । जावलाखेल ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *