तुलसीपुर : जुत्ताचप्पल गाेदाममा आगलागी हुँदा ५ जनाकाे मृत्यु (अपडेट)
दाङ। दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलकाे गाेदाममा आगलागी हुँदा ५ जनाकाे ज्यान गएकाे छ। बिहीबार राति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए।
चार पुरुष र एक बालिकाकाे शव फेला परेकाे उनले बताए। चार तले भवनमा आगलागी भएकाे हाे। राति लागेकाे आगाे तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले बिहान नियन्त्रणमा लिएका थिए।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीकाे आँकलन छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment