अमेरिकाले युक्रेनस्थित आफ्नो दूतावास खाली गर्दै

डिसी नेपाल
२९ माघ २०७८ १२:२९
76
Shares

काठमाडौं। रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशंका तीब्र हुँदै गइरहेको पश्चिमी खुफिया अधिकारीहरुले बताएका छन् । यही बीचमा अमेरिका युक्रेनको राजधानी किभमा रहेको आफ्नो दूतावास खाली गर्ने तयारीमा छन् । समाचार एजेन्सी एपीका अनुसार अमेरिकाको विदेश मन्त्रालयले रुसी आक्रमणको बढ्दो आशंकाका बीच शनिबार किभस्थित आफ्नो दूतावासका सबै अधिकारीहरुलाई बोलाउने घोषणा गर्न सक्ने अमेरिकी अधिकारीहरुले बताएका छन् ।

यसअघि अमेरिकी विदेश मन्त्रालयले किभस्थित आफ्नो दूतावासका कर्मचारीका परिवारलाई युक्रेन छोड्न भनिसकेको छ । अमेरिकाले आफ्ना गैर जरुरी कमीृहरुलाई युक्रेनमा बस्ने वा नबस्ने निर्णय आफैं गर्न भनेको छ । पहिचान नखुलाउने शर्तमा अमेरिकी अधिकारीले बताएअनुसार सीमित संख्यामा अमेरिकी कूटनीतिज्ञहरुलाई युक्रेनको सुदूर पश्चिमी क्षेत्रमा बस्नको लािग पठाउन सकिन्छ ।

यो क्षेत्र पोल्याण्डसँग जोडिएको छ । पोल्याण्ड नेटोको सदस्य हो । अमेरिकाले युक्रेनमा आफ्नो कूटनैतिक उपस्थिति कायमै रहोस् भन्नका लागि अमेरिकाले यस्तो गर्न सक्छ । यही बीच अमेरिकी रक्षा मन्त्रालयले शुक्रबार आफ्ना तीन हजार अतिरिक्त सैनिकलाई पोल्याण्ड पठाउने घोषणा गरेको छ । पोल्याण्डमा पहिल्यै १७ सय अमेरिकी सैनिक छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *