चर्चित गायक जस्टिन बिबरको कन्सर्टको आफ्टर पार्टीमा ४ जनालाई गोली हानियो

डिसी नेपाल
१ फागुन २०७८ ११:१९
2.6k
Shares

काठमाडौं। चर्चित गायक जस्टिन बीबरको कन्सर्टको आफ्टर पार्टीमा ठूलो दुर्घटना भएको छ । शुक्रबार राती लस एन्जल्समा जस्टिनले आफ्टर पार्टी आयोजना गरेका थिए । यो आफ्टर पार्टीमा ४ जनामाथि गोली चलाइएको छ । पुलिसका अनुसार नाइस गाइ रेस्टुरेन्ट बाहिर केही व्यक्तिहरुबीच झगडा भएको थियो । त्यसपछि हलिउड र्यापर कोडाक ब्ल्याकसहित अन्य तीन जनालाई गोली लागेको हो ।

सीएनएनका अनुसार २ जनालाई अरुले अस्पताल लगेर भर्ना गराएका थिए । २ जना घाइते आफैं अस्पताल पुगेका थिए । सूत्रका अनुसार कोडाक ब्ल्याक, गुन्ना र लिल बेबी रातको करिब पौने ३ बजे रेष्टुरेन्टबाहिर बसेका थिए । यही बीचमा उनीहरुको झगडा भयो । केही समयमा त्यहाँ धेरै मानिस जम्मा भए । झगडाको बीचमा गोली चलेको आवाज आयो र त्यहाँ भागदौड मच्चियो । पुलिसले यस विषयमा थप जाँच गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.