२७ वर्षअघि जुन ठाउँमा श्रीमतीलाई प्रपोज गरेका थिए, त्यही ठाउँमा भिरबाट लडेर श्रीमानको मृत्यु
काठमाडौं। आफ्ना पुराना यादहरु ताजा गराउनका लागि रोमान्टिक ठाउँमा गएका एक जोडी दुर्घटनामा परेका छन् । खासमा, पति आफ्नी पत्नीलाई लिएर एक पहाडमा गएका थिए । यही पहाडमा कैयौं वर्ष पहिले उनले आफ्नी पत्नीलाई प्रपोज गरेका थिए । तर, अचानक पतिको खुट्टा चिप्लियो, उनी ३०० फिट तल भिरबाट लडे र उनको मृत्यु भयो ।
डेली मेट्रोको रिपोर्ट अनुसार बेलायतको म्यान्चेस्टरमा बस्ने ५४ वर्षका डा. जेमी बटलर आफ्नी पत्नी मार्गरेटको साथमा विदा मनाउन गएका थिए । यो ठाउँ लेक जिल्लामा छ । यो ताल र पहाडहरुसहितको सुन्दर स्थान हो । बटलरले २७ वर्ष पहिले मार्गरेटलाई बिहेको लागि यही ठाउँमा प्रपोज गरेका थिए । त्यसैले यो जोडी आफ्नो पुरानो याद ताजा गराउन यही ठाउामा पुगेका थिए ।
त्यस दिन पहाडमा कुहिरोको कारण भिजिबिलिटी कम थियो । यही कारण पत्नीको साथमा हिँड्दै गर्दा बटलरको खुट्टा चिप्लियो र उनी ३०० फिट तल खसे । यो दुर्घटनामा बटलरको मृत्यु भयो । पर्वतीय उद्धार टोलीले पछि बटलरको शव पहाडको तल फेला पारे । उनको शरीरमा कैयौं चोटहरु थिए । टाउको पनि फुटेको थियो । बटलरको मृत्युपछि मार्गरेटले उनले आफूलाई धेरै माया गर्ने बताइन् । बटलर र मार्गरेटका २ सन्तान छन् ।







डिसी नेपाल







Facebook Comment