अमेरिकाको नयाँ इण्डो प्यासिफिक रणनीतिले आक्रोशित चीनले के भन्यो ?
काठमाडौं। अमेरिकाको इण्डो प्यासिफिक रणनीतिका विषयमा आएको रिपोर्टबारे चिनियाँ मिडियाको प्रतिक्रिया आएको छ । चीनको सत्ताधारी कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अंग्रेजी दैनिक ग्लोबल टाइम्सले आफ्नो एक लेखमा यो रिपोर्टलाई भ्रामक कारवाहीबाट भरिएको बाइडेन प्रशासनको एक हास्यास्पद कल्पना भनेको छ ।
ग्लोबल टाइम्सले विशेषज्ञको हवाला दिँदै लेखेको छ ‘एक स्वतन्त्र र खुला हिन्द प्रशान्तको लागि अमेरिकी रणनीति भ्रामक कारवाहीबाट भरिएको बाइडेन प्रशासनको एक हास्यास्पद कल्पना हो । यो नीति आफ्ना गठबन्धनसँग समन्वयमा अत्यन्तै धेरै निर्भर छ । यो दक्षिण पूर्व एसियामा बलियो उपस्थिति बनाउनुका साथसाथै चीनको मुकाबला गर्नको लागि सैन्य प्रतिरोधको कुरा गर्छ । यसको उद्देश्य क्षेत्रीय अशान्ति फैलाउनको लागि एसियाली देशहरुलाई आफ्नो चीनविरोधी अभियानमा सहभागी गराउनु हो ।’
अमेरिकाले शुक्रबार हिन्द प्रशान्त रणनीतिबारे १२ पानाको रिपोर्ट जारी गरेको थियो । यो रिपोर्टमा भारत र अमेरिकाको बढ्दो सहयोगमा जोड दिइएको छ र चीनलाई निशाना बनाइएको छ । यो रिपोर्टमा भारत अहिले अहम भूराजनीतिक चुनौतीबाट घेरिएको बताउँदै यो चुनौती खास गरी चीन र वास्तविक नियन्त्रण रेखामा उसको रवैयाबाट आइरहेको बताइएको छ ।
रिपोर्टमा चीनको आक्रामकता विश्वभरी फैलिएको तर हिन्द प्रशान्तमा सबैभन्दा तीब्र भइको बताइएको छ । रिपोर्टमा चीनमा मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको आरोप पनि लगाइएको छ । इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेशन्स अफ चाइना फरेन अफेयर्स युनिभर्सिटीका प्रोफेसर ली हेडोंगले ग्लोबल टाइम्ससँग भने ‘यो रणनीति चीनलाई घेर्ने अमेरिकी सरकारको नीतिलाई प्रदर्शित गर्छ ।’
ली भन्छन् ‘पटक पटक चीन र लोकतन्त्रको कुरा गर्नुको सट्टा यो रिपोर्टले चलाखीपूर्वक अगाडि बढेर साझेदारी र गठबन्धनको कुरा गर्छ ताकि अमेरिकी जनता, सहयोगी र मिडियाको समर्थन प्राप्त होस् ।’ रिपोर्टमा आगामी १२ देखि २४ महिनामा रणनीति लागू गर्नको लागि योजनाका १० मुख्य कुरा उद्यल्लेख छन् । साथमा भनिएको छ ‘हाम्रो उद्देश्य चीनलाई बदल्नु होइन बरु त्यो रणनीतिक वातावरणलाई आकार दिनु हो जसमा उसले काम गर्छ ।’







डिसी नेपाल







Facebook Comment