हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला १ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार ८ सय ७५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १४ रुपैयाँ ५ पैसा कायम भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment