बढ्दो तनावका बीच युक्रेनले रुसलाई वार्तामा बोलायो

डिसी नेपाल
२ फागुन २०७८ १०:५५
4
Shares

काठमाडौं। युक्रेनले आफ्नो सीमामा बढ्दो तनावका बीच रुस र एक प्रमुख युरोपेली सुरक्षा समूहका सदस्यहरुको साथमा बैठक बोलाएको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाका अनुसार रुसले यो जारी सैन्य तैनाथीको बीचमा वार्ता गर्ने विषयमा उनीहरुको औपचारिक अनुरोधलाई बेवास्ता गरेको छ ।

उनले भने ‘हाम्रो अर्को कदम रुसका योजनाहरुको बारेमा पारदर्शिताको लागि आगामी २४ घण्टाभित्र बैठक गर्नु हो । हामीले बैठकका लागि अनुरोध गरेका छौं । रुसले युक्रेनसँग जोडिएको सीमामा लगभग एक लाख सैनिक तैनाथ गरेको छ । तर, रुसले युक्रेनमाथि आक्रमण गर्ने योजना भएको आरोप अस्वीकार गरेको छ ।

केही पश्चिमी देशहरुले भने रुसले सैन्य कारवाहीको तयारी गरिरहेको चेतावनी दिएका छन् । गत हप्ता अमेरिकाले रुसले युक्रेनमा कुनै पनि समय बम बर्साउन सक्ने चेतावनी दिएको थियो । अमेरिकासहित करिब १ दर्जन देशले आफ्ना सबै नागरिकलाई युक्रेन छोड्न चेतावनी दिइसकेका छन् । कैयौं देशले युक्रेनको राजधानी किभमा रहेको आफ्नो दूतावासका कर्मचारी फिर्ता बोलाउन सुरु गरेका छन् । सीबीएस न्यूजले तीन सूत्रको अवाला दिँदै अमेरिकाले आगामी २४ घण्टाभित्र आफ्ना सबै नागरिक फिर्ता बोलाउने तयारी गरिरहेको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *