भ्यालेन्टाइनडे को अवसरमा ‘राख्छु मुटु माझ’ (भिडियोसहित)

डिसी नेपाल
२ फागुन २०७८ २१:२१
276
Shares

कोलम्बस\अमेरिका । नव गायकगायिकाद्वय पुर्ण कट्टेल र शितल शर्माले ‘राख्छु मुटु माझ’ नामक गीत मार्फत नेपाली सांगितिक क्षेत्रमा आएका छन् ।

अमेरिकाको ओहायो राज्यको एट्नामा बस्दै आएका यी गायक गायिका दम्पतिले भ्यालेन्टाइन डे को अवसर पारेर ‘राख्छु मुटु माझ’ नामक सांगितिक कोशेली संगीतका पारखीमाझ पस्केका छन् ।

विगत लामो समयदेखि ओहायो र पेन्सिलभेनियमा हुने विभिन्न सांगितिक कार्यक्रममा यी गायकगायिकाद्वयले आफ्नो गायकी प्रस्तुत गर्दै आएका छन् ।

गीतकार केदार उप्रेतिको शब्द तथा संगीतकार सिडी बिजय अधिकारीको संगीत सिर्जना रहेको यस गीतको म्युजिक भिडीयो उत्तम श्रेष्ठ शिशीरले निर्देशन गरेका हुन् ।

यही गीतबाट उनीहरुले सांगितिक दुनियामा डेव्यु गरेका हुन् । गीतको भिडीयोलाई सिडी बिजय अधिकारी युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भुटानका चिराङ जन्मेर हाल ओहायो राज्यको कोलम्बस नजिकैको एट्ना शहरमा पुर्ण र शितल बस्दै आएका पुर्ण र शितल भुटानी नेपाली समुदायका प्रतिभाशाली नवगायक गायिकाको रुपमा उदाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.