अमेरिका र जर्मनीले भने-युक्रेनको सीमाबाट उल्लेखनीय संख्यामा रसियाली सेना फिर्ता भएनन्
किभ। युक्रेनमा जारी तनाव अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र जर्मन चान्सलर ओलाफ सोल्जले रुसलाई फेरि अनुरोध गरेका छन्। युक्रेनको सीमाबाट रसियाली सेनाको कुनै उल्लेखनीय फिर्ता नभएको भन्दै तनाव अन्त्यका लागि पहल गर्न उनीहरुले संयुक्त अनुरोध गरेका हुन्।
‘युक्रेनविरुद्ध रसियाली हमलाको जोखिम अझै उच्च छ। अत्यन्त सावधानी आवश्यक छ’, बाइडेन र सोल्जबीचको टेलिफोनवार्तापछि जर्मन चान्सलरको कार्यलयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
‘तनाव अन्त्यका लागि रसियाले वास्तविक कदम चाल्नुपर्छ’, विज्ञप्तिमा उनीहरुले भनेका छन्। युक्रेनविरुद्ध मस्कोले चाल्ने जुनसुकै सैन्य कदमले ‘असामान्य गम्भीर परिणाम निम्त्याउने’ उनीहरुले चेतावनी दिएका छन्। दुवै नेताले युक्रेन संकटको समाधानका लागि कूटनीतिक प्रयास जारी राख्नु पर्ने पुटिनको भनाइलाई स्वागत गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment