जसले ११ देखि १६ वर्षका १३ किशोरीलाई बलात्कार गरे, ९ जना पीडितले त बच्चा नै जन्माए
काठमाडौं। शिक्षकले आफ्नै विद्यार्थीलाई बलात्कार गरेका घटना त हामीले सुनेका छौं । तर, यी शिक्षकले बलात्कारको पनि हद पार गरे । उनले लगातार ६ वर्षसम्म आफ्ना विद्यार्थीहरुलाई बलात्कार गरे । यस क्रममा उनले कूल १३ जना छात्रालाई बलात्कार गरे । तीमध्ये ९ जना छात्रालाई त उनले बलात्कार गरेर आमा समेत बनाए ।
इण्डोनेसियाका यी शिक्षकलाई अदालतले आजीवन कारावासको सजाय सुनायो । उनले २०१६ देखि आफ्ना छात्राहरुलाई बलात्कार गरिरहेका थिए । यो घटनाले पूरै विश्वको ध्यान तानेको छ । इण्डोनेसियामा बलात्कारका दोषीहरुलाई औषधिको माध्यमबाट नपुंसक बनाउने सजायको समेत प्रावधान छ । यी शिक्षकका लागि पनि सरकारी वकिलले यस्तै गरी नपुंसक बनाउने वा मृत्युदण्डको काम गरेका थिए । तर, अदालतले उनलाई यसबाट भने राहत दिएको छ ।
हेरी विरावान नामका यी शिक्षकको मुद्दामा फैसला सुनाउँदै अदालतले भनेको छ ‘हेरीको कर्तुततको सजाय यही हो कि उसले पूरै जीवन अब जेलमा काटोस् । उसलाई नपुंसक बनाउनु जरुरी छैन । हामी उसलाई यो सजाय दिइरहेका छैनौं ।’ यो सजाय बांडुंग जिल्लाको एक अदालतले मंगलबार सुनाएको हो । यसलाई देशका सबैभन्दा ठूला केसहरुमध्ये एक मानिएको छ ।
हेरी कतिसम्म खतरनाक बलात्कारी हुन् भन्ने कुराको अनुमान यही कुराबाट पनि लगाउन सकिन्छ कि २०१६ देखि गिरफ्तारीसम्म उनले १३ नाबालिग किशोरीहरुलाई बलात्कार गरे । यीमध्ये ९ जना किशोरीहरु आमा समेत बने । सरकारी वकिलले अदालतसँग हेरीलाई मृत्युदण्ड दिन माग गरेका थिए तर अदालतले सरकारी वकिलका दुवै माग अस्वीकार गर्यो । हेरीलाई मृत्युदण्ड दिइएन र उनलाई नपुंसक पनि बनाइने छैन ।
दोषी एक इस्लामिक बोर्डिङ स्कुलमा शिक्षक थिए । अदालतले प्रस्ट पारेको छ कि हेरीले कुनै पनि हालतमा पेरोल (विशेष परिस्थितिमा केही समयका लागि जेलबाहिर निस्किन पाउने सुविधा) को सुविधा पाउने छैनन् । आदेशमा भनिएको छ ‘उनलाई नपुंसक बनाउने वा मृत्युदण्ड दिने कुनै आधार छैन । दोषीलाईै सजायका साथै पीडितलाई हर्जाना पनि दिनुपर्छ ।’ अदालतले प्रत्येक पीडितलाई ८५ मिलियन इण्डोनेसियन रुपिहा (करिब ७ लाख रुपैयाँ) हर्जाना दिनुपर्ने फैसला गरेको छ ।
जाकार्ता टाइम्सका अनुसार देशको कानुनलाई हेर्ने हो भने यो सजाय धेरै नै देखिन्छ । आम रुपमा बाल यौन शोषणका दोषीहरुलाई कुनै पनि मामिलामा १५ वर्षभन्दा धेरैको सजाय दिइँदैन । जहाँसम्म नपुंसक बनाउने कुरा छ, यो कानुन २०१६ मा बनाइएको थियो । त्यतिबेला बेंगकुलु नामको सहरमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको थियो र देशका कैयौं ठाउँमा विरोध प्रदर्शन भएका थिए । सामाजिक अभियन्ता भने यी कानुनलाई कम भन्छन् ।







डिसी नेपाल







Facebook Comment