‘ विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषणमा राससको भूमिका प्रशंसनीय ’
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले विश्वसनीय, सन्तुलित एवं आधिकारिक समाचार सम्प्रेषण गरी आमजनताको सुसूचित हुन पाउने हक सुनिश्चित गर्ने कार्यमा राससको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
राष्ट्रिय समाचार समिति (रासस)को स्थापनाको ६१औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उनले राज्यद्वारा सञ्चालित मुलुकको एक मात्र समाचार समितिमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई बधाई दिएका छन। सचिव अर्यालले मुलुकको आमसञ्चार क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको रासस राज्य र समाजको हरेक तह र तप्कालाई जोड्ने कार्यमा अझ बढी सक्रिय एवं समर्पित हुनुपर्ने उल्लेख गरेका छन् । हाल देशमा उद्योगका रुपमा फस्टाइरहेको आमसञ्चारमाध्यमका बीच अझ सबल, व्यावसायिक र प्रतिस्पर्धी बनी आत्मनिर्भरोन्मुख दिशामा अघि बढ्दै आमजनताको मन जित्न रासस सफल हुने उनले विश्वास व्यक्त गरेका छन ।
सेवाग्राही आमसञ्चार माध्यमको माग र भावना बमोजिम विविधतायुक्त एवं गुणस्तरीय समाचार सम्प्रेषण गरी आफूलाई अझ जवाफदेही र उत्तरदायी बनाउँदै सूचनाको पहुँच विस्तार गर्ने अभियानमा सरिक हुन सचिव अर्यालले रासस व्यवस्थापनलाई आग्रह गरे । उनले सूचना प्रविधि क्षेत्रमा देखिएको अभूतपूर्व विकासका माझ समयसापेक्ष रुपमा रूपान्तरित भई अलग्गै पहिचानसहितको एक लोकप्रिय एवम् सशक्त सञ्चारमाध्यमका रुपमा रासस अघि बढ्न सकोस् भन्ने कामना गरेका छन।







डिसी नेपाल








Facebook Comment