रुसी राष्ट्रपतिले युक्रेनमा हमला गर्ने निर्णय गरिसकेकोमा बाइडेन ‘विश्वस्त’
न्युयोर्क। अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरिसकेको दाबी गरेका छन्। रुसले आगामी जुनसुकै दिनमा हमला गर्न सक्ने उनले बताएका छन्। रुसले सुरुमा युक्रेनको राजधानी किभलाई पहिलो निशाना बनाउ सक्ने उनको भनाइ छ।
‘मलाई यो विश्वास छ की उनले निर्णय गरेका छन्,’ राष्ट्रपति पुटिनलाई संकेत गर्दै बाइडेनले भने। तर, रुसले युक्रेनमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ।
यसैबीच, पूर्वी युक्रेनमा बिखन्डनकारीहरुको क्षेत्रमा सेनाले गोलाबारी गरेपछि त्यस क्षेत्रका स्थानीय रुसतर्फ लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्महरुले जनाएका छन्। रुस र युक्रेनको सीमामा ठूलो संख्यामा युक्रेनी जम्मा भएको र उनीहरुलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीमा नजिकै शरणार्थी शिविरहरू स्थापना गर्न र आपतकालीन सहायता गर्न आदेश दिएको रुसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment