अमेरिका र चीन द्वन्द्वकाे छिटा नेपालमा पर्नु दुर्भाग्यपूर्ण छ : पूर्वअर्थमन्त्री काेइराला

डिसी नेपाल
८ फागुन २०७८ १४:२६
196
Shares

काठमाडौँ। पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले एमसीसी विकास परियोजना रहेको बताएका छन् । डिसीनेपालको द ब्रिज टकलाई अन्तरवार्ता दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने,’एमसीसी भन्नेलाई हाइलाइट गरियो मेरो लागि यो एमसीसी होइन मेरो लागि यो विकास परियोजना हो। मेरो लागि यो प्रसारण लाइन र सडक योजना मात्र हो।’ नेपाल आफैले छानेको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा अमेरिकाले आर्थिक सहयोग मात्र जुटाएको उनले बताए।

‘यसमा नेपालले पनि आफ्नो भाग हालेको छ किनकि म्यचिङ्ग फण्ड नहालेसम्म कुनै पनि दाताले सहयोग दिँदैन’ उनले भने । १३ करोड डलर नेपालले हालेको र ५० करोड डलर अमेरिकाले दिने उनले बताएका छन्। यो एमसीसी होइन ३१३ किलोमिटर प्रसारण लाइन र ७७ किलो मिटर सडक बनाउने योजना रहेको उनले बताए।

नेपाल आफैले २०६८ सालमा एमसीसी माग गरेको पूर्व अर्थ मन्त्री कोइरालाले बताएका छन्। प्रधानमन्त्री डा. बाबुराम भटराई र अर्थमन्त्री बर्षमान पुनको पालामा एमसीसीको कार्य सुरु भएको र २०६९ साल चैतमा एमसीसीको प्रक्रिया अगाडि बढाएको उनले बताए ।

उनले भने,’एमसीसी २०६८ सालमा नेपाल सरकारले अनुरोध गरेको थियो। २०६८ माघमा एमसीसी प्रस्ताव गरेको तर प्रधानमन्त्री भटराईको सरकार ढलेपछि २०६९ चैतमा अन्तरिम सरकारमा यसको प्रक्रिया अघि बढेको हो।’ त्यसपछि अध्ययन सुरु गर्न आफ्नै पालामा अध्ययन टोली बनेको उनले बताए। अध्ययन टोली सरकार र एमसीसी दुवैलाई नदिएर स्वतन्त्र अर्थशास्त्री १० जना छनोट गरेर अध्ययन टोली बनाएको उनले बताए। एमसीसी अन्तर्गतको आयोजनाहरुमा नेपालले के-के गर्ने भनेर स्वतन्त्र अर्थशास्त्री र विकासविदहरुको अध्ययन टोली बनाएको बताए।

उक्त अध्ययन टोलीमा अर्थमन्त्रालयका सल्लाहाकर डा.चिरन्जिबी नेपाल, पूर्व आर्थिक सलाहकार डा. श्रीराम पौडेल, राष्ट्र बैंकका मिन बहादुर श्रेष्ठ, युनायकको सह-सचिव पुष्पलाल शाक्य, राष्ट्र बैंकका विज्ञ तथा प्रोफेसर डा.सुरबीर पौड्याल, विद्वान देव राज अधिकारी,  अन्तराष्ट्रिय संस्थामा अनुभव भएका अर्थशास्त्री भवानी ढुंगाना, डा. हेमन्त दवारी,  ब्यबस्थापन विज्ञ दिनेश राज पन्त, सामाजिक आर्थिक अनुसन्धानकर्ता हरि शंकर भटराई गरेर १० जनाको टोली बनाएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.